०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

नेताको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढीमा पुगियो

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र नेकपा एमाले कैलाली इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नारद मुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ। अक्सिजन नपाएर उपचारमा समस्या झेलिरहेका कोरोना सङ्क्रमितहरूलाई अब केही राहत हुने भएको अपेक्षा गरिएको छ।

सबै भन्दा धेरै अक्सिजनको समस्या झेलिरहेको सेती प्रादेशिक अस्पताल ११० सिलिन्डर अक्सिजन उपलब्ध गराइने भएको छ। गेटा अस्पताल ५० र महाकाली अस्पताल ४० सिलिन्डर उपलब्ध गराइने सांसद रानाका स्वकीय सचिव कमल रानाले बताए।

निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० सिलिन्डर अक्सिजन आए लगत्तै कोरोना सङ्क्रमितहरूको उपचार थालिने बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!