०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

नेपाल प्रहरीमा उमेर हदका कारण १६ जना एसएसपीहरु घर जादै

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनका व्याजीहरूको जागिरको कार्यकाल २०७९ बैशाख १८ गते सम्म छ । ३० बर्षे सेवा अवधिका हिसाबले उनीहरू अवकाश हुनेछन् । एसएसपी देखि आइजीपी सम्म गरि १६ जनाले अनिवार्य अवकाश पाउनेछन् । त्यसपछि अहिलेसम्मको हिसाबले एआइजीपी विश्व पोखरेल आइजिपी बन्नेछन् ।

हालको नियम अनुसार एसएसपी र एसपीको उमेरको हद ५५ बर्ष रहेको छ।उमेरको यही हदका कारण एसएसपी दिलिप चौधरी ०७८ असार, सुशील कुमार यादव ०७८ असोज, हरिराज वाग्ले ०७८ असोज, पूजा सिँह ०७८ माघ, बिक्रम चन्द ०७८ पुस, देव बहादुर बोगटी ०७८ बैशाख, राजेन्द्र चौधरी ०७८ भदौ, नर बहादुर खत्री ०७८ कार्तिक, महमद आलम खाँ ०७८ भदौ र किशोर दाहाल ०७८ मंसिरमा अवकाश हुन्छन् ।

अर्का एसएसपी प्रदिप कुमार श्रेष्ठ भने ०७९ बैशाख १८ गते आइजिपी र उनको समूहहरूसँगै अवकाश हुन्छन् भने मोहन आचार्य र नल प्रसाद उपाध्याय बाँकी रहन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!