०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

लकडाउनमा उल्लंघन गर्नेलाई दुई हजार देखि ५ हजार जरिबाना हुने

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ ।

मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लंघन गर्नेलाई भने दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

हालै सर्वोच्च अदालतले निषेधाज्ञाको उल्लंघन गर्नेलाई जरिबाना र होल्न नगराउन आदेश दिएको थियो । अदालतले त्यससम्बन्धी कानून नभएको भन्दै कारबाही गर्न रोक लगाएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!