२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दिया प्रहरीले भन्सार छ्लेर ल्याएको समान पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

(महेन्द्र सिंह)
बर्दिया । कोरोना भाइरसको दोस्रो लहर बढेसंगै खुल्ला सिमानामा अबैध रुपमा सामान ओसार पसार पनि बढेको छ । कोभिड महामारीको चैनब्रेक गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ तर खुल्ला सिमाना हुने आवत जावत पुर्ण रुपमा रोकिएको छैन । जबसम्म सिमामा पुर्ण रुपले आवत जावत बन्द हुदैन संक्रमण दर घट्न मुस्किल छ । कोरोनो भाईरसको नयाँ भेरियन्ट आक्रमक भएपनि आफ्नो जीवन र घरपरिवारको समेत कुनै प्रवाह नगरी अबैध सामान ओसार पसार भएको देखिन्छ । प्रहरीले दिनहुँ सिमानामा अबैध सामान बरामद गरेको देखिन्छ । प्रहरीले बुधबार बढैयाताल गाउँपालिका–९ जनतानगर स्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सुप्रिम सोना जातको धानको बिउँ पक्राउ गरेको छ । प्रहरीका अनुसार ५४ किलोग्राम धानको बिउँ मुल्य रु १२ हजार ९६ बराबरको छ । यस अघि बढैयाताल गाउँपालिका–७ पडरिया स्थितबाट ३५ हजार ७ सय बराबरको विभिन्न जातको धानको बिउँ पक्राउ गरेको हो ।

त्यसैगरी जमुनी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मुल्य रु ५० हजार ८ सय २७ बराबरको धानको बिउँ र डिजेल पक्राउ गरी भन्सार कार्यालय गुलरियामा बुझाएको थियो । दिनहुँ प्रहरीले अबैध सामान पक्राउ गरिरहँदा सिमानामा हुने तस्करीका गतिविधि नरोकिएको स्पष्ट हुन्छ । धान लगाउने सिजनको बेला धानको बिउँ बढी पक्राउ भएको देखिन्छ । के बर्दियामा धानको बिउँ नपाईएको हो ? पाईएको हो भने किन महामारीको विषम परिस्थितीमा भारतबाट अबैध रुपमा दिनुहँ धानको बिउँ ल्याईदैछ । महामारीको बेला लापरवाही गर्नु उचित हुदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]