(महेन्द्र सिंह)
बर्दिया । कोरोना भाइरसको दोस्रो लहर बढेसंगै खुल्ला सिमानामा अबैध रुपमा सामान ओसार पसार पनि बढेको छ । कोभिड महामारीको चैनब्रेक गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ तर खुल्ला सिमाना हुने आवत जावत पुर्ण रुपमा रोकिएको छैन । जबसम्म सिमामा पुर्ण रुपले आवत जावत बन्द हुदैन संक्रमण दर घट्न मुस्किल छ । कोरोनो भाईरसको नयाँ भेरियन्ट आक्रमक भएपनि आफ्नो जीवन र घरपरिवारको समेत कुनै प्रवाह नगरी अबैध सामान ओसार पसार भएको देखिन्छ । प्रहरीले दिनहुँ सिमानामा अबैध सामान बरामद गरेको देखिन्छ । प्रहरीले बुधबार बढैयाताल गाउँपालिका–९ जनतानगर स्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सुप्रिम सोना जातको धानको बिउँ पक्राउ गरेको छ । प्रहरीका अनुसार ५४ किलोग्राम धानको बिउँ मुल्य रु १२ हजार ९६ बराबरको छ । यस अघि बढैयाताल गाउँपालिका–७ पडरिया स्थितबाट ३५ हजार ७ सय बराबरको विभिन्न जातको धानको बिउँ पक्राउ गरेको हो ।
त्यसैगरी जमुनी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मुल्य रु ५० हजार ८ सय २७ बराबरको धानको बिउँ र डिजेल पक्राउ गरी भन्सार कार्यालय गुलरियामा बुझाएको थियो । दिनहुँ प्रहरीले अबैध सामान पक्राउ गरिरहँदा सिमानामा हुने तस्करीका गतिविधि नरोकिएको स्पष्ट हुन्छ । धान लगाउने सिजनको बेला धानको बिउँ बढी पक्राउ भएको देखिन्छ । के बर्दियामा धानको बिउँ नपाईएको हो ? पाईएको हो भने किन महामारीको विषम परिस्थितीमा भारतबाट अबैध रुपमा दिनुहँ धानको बिउँ ल्याईदैछ । महामारीको बेला लापरवाही गर्नु उचित हुदैन ।