०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

चीनले सहयोग गरेको सिलिन्डरमा मन्त्रीले टाँसे फोटो चौतर्फी बिरोध

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८


(ABC-Sanchar)
काठमाडौं । बेलाबेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् ।

चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

गत बैशाख २१ गते चीनले नेपालमा निलो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका छन् ।

चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा– ‘नेपाल सरकारका माननीय बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेज्यूको ब्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र डोटीमा त्यसरी स्टिकरसहितको स्वास्थ्य सामग्री पठाएका छन् । ७५ थान अक्सिजन सिलिन्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरु, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पु¥याएका छन् ।

सदाबहार भाइरल

डोटीबाट निर्वाचित रहेका पूर्व सांसद आले सदाबहार रुपमा सामाजिक सञ्जालमा भाइरल हुँदै आएका छन् । सोच बिचार नै नगरी दिने अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा मजाकको विषय बन्दै आएका छन् ।

उनले सार्वजनिक मञ्चमा गरेका भाषणका क्रममा बोलेका यी कुरा जसले उनलाई आलोचित बनायो ।

 

–‘यो जनताप्रति उत्तरदायी भएको सरकार कसैलाई लाग्छ भने त्यो तपाईंहरुको ठूलो भूल हो ।’

–‘अब यो सरकारको गियर सिधै ७ नम्बरमा जान्छ । सिधै ७ नम्बरमा हालेपछि तपाईहरु रोडमा नजानुहोला तपाईहरु सिधै समुद्रमा हाम्फाल्नुहोला ।’

–‘रुखबाट हामी कार्वनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ, त्यो रुखलाई हामीले जोगाउनुपर्छ ।’

अभिव्यक्ति दिँदा आफू चिप्लन थालेपछि आफू जोगिन उनले लिखित भाषण पढ्न थालेका थिए । तर, उनको त्यो आइडियाले पनि काम गरेन ।

पछिल्लो पटक अक्सिजन अभावमा अस्पतालहरुमा कोरोना संक्रमितको ठूलो संख्यामा मृत्यु भइरहेका बेला उनले अक्सिजनको व्यवस्था गर्ने कुरा छोडेर ‘आर्यघाटमा दाउरा अभाव हुन नदिन’ निर्देशन दिएपछि चर्को आलोचना बेहोरे । उनले नेपाल बन निगमका महाप्रबन्धक धन्नजय पौडेललाई आर्यघाटमा दाउरा अभाव नहुन निर्देशन दिएका थिए ।

अहिले फेरि चुनाव प्रचार शैलीमा स्वास्थ्य सामग्रीमा आफ्नो विज्ञापन गरेपछि उनी चौतर्फी आलोचनाको शिकार भएका छन् । बन मन्त्री रहेका आलेमाथि काठ तस्करीको आरोप समेत लाग्दै आएको छ । गत माघमा सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले आलेलाई काठ तस्कर भएको बताउँदै तस्करीको पैसाले धनगढी र काठमाडौंमा घर बनाएको आरोप लगाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा […]

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

error: Content is protected !!