२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया निकुञ्जबाट आएको हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८


(महेन्द्र सिंह)
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सोमबार आमा छोरीको मृत्यु भएको छ । गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षिय चन्द्रा विक र उनकी तीन वर्षिय छोरी दीपिका विकको मृत्यु भएको छ ।

घरबाहिर आँगनमा बसिरहेका चन्द्रा र उनकी छोरीलाई बेलुकी ९ बजे हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमा मृत्यु भएको छ । उनकी छोरी दीपिका गम्भीर घाइते भएकी थिईन् । घाइते छोरीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगंजमा मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

घटनाको बारेमा प्रहरीले निकुञ्ज प्रशासनलाई राति नै जानकारी गराएको थियो । घटनास्थलमा निकुञ्ज प्रशासन समयमा नपुग्दा स्थानीय आक्रोसित छन् ।

गत चैत्र २९ गते गेरुवा गाउँपालिका–१ भटेराकी ६० वर्षिय भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]