०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

बर्दिया निकुञ्जबाट आएको हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८


(महेन्द्र सिंह)
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सोमबार आमा छोरीको मृत्यु भएको छ । गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षिय चन्द्रा विक र उनकी तीन वर्षिय छोरी दीपिका विकको मृत्यु भएको छ ।

घरबाहिर आँगनमा बसिरहेका चन्द्रा र उनकी छोरीलाई बेलुकी ९ बजे हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमा मृत्यु भएको छ । उनकी छोरी दीपिका गम्भीर घाइते भएकी थिईन् । घाइते छोरीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगंजमा मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

घटनाको बारेमा प्रहरीले निकुञ्ज प्रशासनलाई राति नै जानकारी गराएको थियो । घटनास्थलमा निकुञ्ज प्रशासन समयमा नपुग्दा स्थानीय आक्रोसित छन् ।

गत चैत्र २९ गते गेरुवा गाउँपालिका–१ भटेराकी ६० वर्षिय भुन्टी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!