२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पुर्व डिआइजी खरेलको स्वास्थ्यमा सुधार केही दिनमै डिस्चार्ज हुदै

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृत रमेश प्रसाद खरेलको स्वास्थ्यमा सुधार देखिएको छ ।

कोरोना संक्रमणका कारण करिब तीन सातादेखी नेपाल प्रहरी अस्पतालमा उपचाररत खरेलको स्वास्थ्यमा व्यापक सुधार देखिएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । एसएसपी कुँवरका अनुसार खरेलको नेपाल प्रहरी अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

‘पछिल्लो एक हप्तादेखि उहाँको स्वास्थ्यमा चामत्कारिक सुधार आएको छ, उहाँ अब खतरामुक्त हुनुहुन्छ’ एसएसपी कुँवरले भने ।

कोरोना संक्रमणको कारण फोक्सोमा गम्भीर इन्फेक्सन देखिएपछी उनलाई तीनसाता अगाडी नेपाल प्रहरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । त्यसबेला खरेलको स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएपछि भेन्टिलेटरमा हाई फ्लो अक्सिजन दिइएको थियो ।

निमोनियाको कारण फोक्सोमा गम्भीर इन्फेक्सन देखिएका पुर्व प्रहरी अधिकृत खरेलको लागि भारतबाट टोसिलिजुम्याब (Tocilizumab) नामक इन्जेक्सन मगाएर लगाइएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । खरेलको लागि भारतीय प्रहरीको उच्च पदमा कार्यरत उनका एक साथीले हेलिकप्टरमार्फत औषधि पठाइदिएका थिए ।

सोही इन्जेक्सनको कारण स्वास्थ्यमा क्रमिक सुधार आएपछी खरेललाई पछिल्लो एक सातादेखि आइसियुमा राखेर उपचार जारी राखिएको नेपाल प्रहरी अस्पताल स्रोतले जानकारी दियो ।

नेपाल प्रहरी अस्पताल स्रोतका अनुसार सोमबार अपरान्हदेखि खरेललाई तीन किलो प्रतिघन्टाको फ्लोमा नाकबाट मात्रै अक्सिजन दिइएको छ ।

यहि हिसाबले क्रमश सुधार हुँदै गए सम्भवत मंगलबार साँझदेखि उनलाई अक्सिजन हटाएर क्याबिनमा सार्न सकिने स्रोतले जानकारी दियो । अस्पताल स्रोतले जनाएअनुसार खरेललाई यसैसाता डिस्चार्ज गर्न सक्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]