२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पुर्व डिआइजी खरेलको स्वास्थ्यमा सुधार केही दिनमै डिस्चार्ज हुदै

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृत रमेश प्रसाद खरेलको स्वास्थ्यमा सुधार देखिएको छ ।

कोरोना संक्रमणका कारण करिब तीन सातादेखी नेपाल प्रहरी अस्पतालमा उपचाररत खरेलको स्वास्थ्यमा व्यापक सुधार देखिएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । एसएसपी कुँवरका अनुसार खरेलको नेपाल प्रहरी अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

‘पछिल्लो एक हप्तादेखि उहाँको स्वास्थ्यमा चामत्कारिक सुधार आएको छ, उहाँ अब खतरामुक्त हुनुहुन्छ’ एसएसपी कुँवरले भने ।

कोरोना संक्रमणको कारण फोक्सोमा गम्भीर इन्फेक्सन देखिएपछी उनलाई तीनसाता अगाडी नेपाल प्रहरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । त्यसबेला खरेलको स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएपछि भेन्टिलेटरमा हाई फ्लो अक्सिजन दिइएको थियो ।

निमोनियाको कारण फोक्सोमा गम्भीर इन्फेक्सन देखिएका पुर्व प्रहरी अधिकृत खरेलको लागि भारतबाट टोसिलिजुम्याब (Tocilizumab) नामक इन्जेक्सन मगाएर लगाइएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । खरेलको लागि भारतीय प्रहरीको उच्च पदमा कार्यरत उनका एक साथीले हेलिकप्टरमार्फत औषधि पठाइदिएका थिए ।

सोही इन्जेक्सनको कारण स्वास्थ्यमा क्रमिक सुधार आएपछी खरेललाई पछिल्लो एक सातादेखि आइसियुमा राखेर उपचार जारी राखिएको नेपाल प्रहरी अस्पताल स्रोतले जानकारी दियो ।

नेपाल प्रहरी अस्पताल स्रोतका अनुसार सोमबार अपरान्हदेखि खरेललाई तीन किलो प्रतिघन्टाको फ्लोमा नाकबाट मात्रै अक्सिजन दिइएको छ ।

यहि हिसाबले क्रमश सुधार हुँदै गए सम्भवत मंगलबार साँझदेखि उनलाई अक्सिजन हटाएर क्याबिनमा सार्न सकिने स्रोतले जानकारी दियो । अस्पताल स्रोतले जनाएअनुसार खरेललाई यसैसाता डिस्चार्ज गर्न सक्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!