२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतमा देखिएको सलह किरा नेपाल भित्रिनी किसानलाई चिन्ता

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

(ABC-Sanchar)
काठमाडौं । पाकिस्तानबाट भारत भित्रिने सहल नेपाल पनि आउने सम्भावना छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन ।
काठमाडौँ — गत बिहीबार भारतको ‘इन्डिया टीभी’ र ‘अग्निवाण’ पत्रिकाको अनलाइन संस्करणले राजस्थानको रेगिस्तान क्षेत्रमा सलहको झुन्ड देखिएको समाचार प्रकाशन गरे । समाचारमा सलहले पुर्‍याउन सक्ने क्षतिलाई दृष्टिगत गरी जिल्लामा सावधानी अपनाउन भनिएको उल्लेख छ ।

गत शनिबार भारतकै ‘हिन्दुस्तान’ पत्रिकाको अनलाइन संस्करणमा पनि उत्तर प्रदेशमा सलहको झुन्ड देखिएको समाचार छापियो । उसले पनि पाकिस्तानबाट राजस्थान हुँदै सलह उत्तर प्रदेश प्रवेश गरेको जनाएको छ । उत्तर प्रदेशमा सलह देखिएपछि त्यहाँको कृषि विभाग सक्रिय भएको र किसानलाई सतर्क रहन आग्रह गरेको समाचारमा बताइएको छ ।

यसअघि संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) ले गत ‘१७ मे’ मा सूचना जारी गर्दै दक्षिण–पश्चिम इरानमा सलहका केही झुन्ड रहेको जनाएको थियो । उक्त झुन्ड पूर्वी पाकिस्तान आउने सम्भावना रहेको उल्लेख गरेको थियो । सोही झुन्ड पाकिस्तान हुँदै उत्तर प्रदेश प्रवेश गरेको हिन्दुस्तानले लेखेको छ । गत वर्ष पनि अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै सलह भारत आइपुगेको थियो । उक्त सलह नेपाल पनि छिरेको थियो । भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीमा छिरेको सलहले नेपालका केही जिल्लामा आतंक मच्चाएको थियो । अहिले उत्तर प्रदेशमा देखिएको सलहको झुन्ड नेपाल भित्रिने सम्भावना कति छ त ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरे भन्छन्, ‘सलह उडेर आउने हुँदा नेपाल छिर्ने सम्भावना हुन्छ । क्षति सकेसम्म कम गराउन उच्च सतर्कता अपनाउने हो ।’

मन्त्रालयका अनुसार केही जिल्लामा मकैमा अमेरिकी फौजी कीरा देखिइसकेको छ । कीराले कुनै क्षेत्रलाई जीवनचक्र बनाएको प्रवक्ता घिमिरे बताउँछन् । ‘कीराले वर्षैपिच्छे आक्रान्त बनाएको छ । अमेरिकी फौजी कीरा मकैमा देखिइसकेको छ,’ उनले भने, ‘भारतमा सलह देखिएपछि बाली संरक्षणसँग काम गर्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सतर्कतासाथ काम गरिरहेको छ । जिल्लामा रहेका प्राविधिकलाई सल्लाहसुझाव दिइएको छ ।’

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदी भने भारतमा देखिएको सलह नेपाल भित्रिने सम्भावना कम रहेको दाबी गर्छन् । गत वर्ष ५०/६० झुन्डमा सलह थियो । एउटै झुन्डमा करोडौंको संख्यामा सलह देखिएको थियो । विगतमा इरान र पाकिस्तानबाट पनि आएर भारतमा थुप्रिएको थियो । त्यही भएर झुन्ड ठूलो भएको थियो । त्यहाँ बस्न नसक्ने भएपछि सहलको झुन्ड फैलिँदै नेपाल आइपुगेको थियो । तर अहिले राजस्थानमा दुई/चार झुन्ड मात्रै देखिएको प्रवक्ता सुवेदीको भनाइ छ । ‘सीमा क्षेत्रमा भएकाले पाकिस्तानबाट सलह रेगिस्तान आउन सक्छ । गत वर्ष जुन गतिमा सलह उत्पादन भएको थियो, यसपालि त्यति छैन,’ उनले भने, ‘भारतमा पनि भयावह भएको छैन । यहाँसम्म सायद नआउला ।’ सलह प्रायः गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । राजस्थानमा बढी मरुभूमि रहेकाले सलहले त्यहाँ ब्रिडिङ धेरै गर्छ । राजस्थानकै कारण भारतमा हरेक वर्ष सलह देखिने गरेको छ । तर पाकिस्तान, अफ्रिका र इरानको मरुभूमिमा सलह उत्पादन भएर झुन्ड भारततर्फ आए मात्रै नेपालमा आउने सम्भावना हुने केन्द्रले जनाएको छ ।

‘हामी विभिन्न निकायसँग निरन्तर सम्पर्कमा छौं । एकएक साताको मौसमको अवस्थाबारे जानकारी लिइरहेका छौं । मौसम हेरेर सजगता अपनाउने हो,’ प्रवक्ता सुवेदीले भने, ‘अहिलेको मौसमले सलह नेपालमा आएर दुःख दिन सक्ने अवस्था कम छ ।’ भारतीय सञ्चारमाध्यमले भने पाकिस्तान हुँदै सलह राजस्थान र उत्तर प्रदेशसम्म पुगेको जनाएका छन् । केन्द्रकै भनाइ मान्ने हो भने पाकिस्तानबाट भारत भित्रिने सलह नेपालमा पनि आउने सम्भावना पनि देखिन्छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन ।

गत वर्ष पनि समयमै सावधानी अपनाउँदा असार १३ मा नेपाल छिरेको सलह तराई, पहाडदेखि हिमालसम्म करिब ५२ जिल्लामा पुगेको थियो । सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको थियो । ती क्षेत्रमा मकै, तरकारी, फलफूल र भटमास बाली गरी करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ । विभिन्न क्षेत्रमा भएको बर्खाका कारण ठूलो क्षति भने भएन । सलह गर्मी/उज्यालोमा मात्रै सक्रिया हुने हुँदा खेतीबालीमा धेरै क्षति नभएको केन्द्रको तथ्यांक छ ।

सलह चिसो ठाउँमा बाँच्न सक्दैन । २२ डिग्रीभन्दा तलको तापक्रममा नबाँच्ने विज्ञहरू बताउँछन् । हावाको बहावसँगै हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरणअनुकूल नहुँदा गत वर्ष धेरै मरेको केन्द्रका प्रवक्ता सुवेदीको भनाइ छ । ‘गत वर्ष मुस्ताङ र जुम्लामा क्विन्टलका क्विन्टल मरेको देखियो,’ उनले भने, ‘अलिकति झुन्ड चीन पनि पुग्यो ।’

सलह हावासँगै प्रतिदिन १ सय ५० किमि टाढासम्म उड्न सक्छ । सूर्यास्त हुँदा सलहले रुखबिरुवालगायतका स्थानमा आश्रय लिन्छन् । बिहान सूर्योदयपछि एक/दुई घण्टा घाम तापेर त्यसपछि सक्रिय भई आहारा (कुनै पनि हरियो वस्तु) खान्छन् । दिनमा एउटा कीराले आफ्नो औसत शरीरको तौल बराबरको करिब २ ग्राम खान्छ । औसतमा एउटा सानो सलहको झुन्ड (एक टन बराबरको) ले एक दिनमा बढीमा १० हात्ती वा २ हजार ५ सय मानिसले खाने आहारा बराबरका वनस्पति नष्ट गर्ने केन्द्रले जनाएको छ ।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।