०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग नेपाललाई

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८


(ABC-Sanchar)
काठमाडौं । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनीहरूले कोरोना सङ्क्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा रु १० लाख हस्तान्तरण गरेका हुन् ।

सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पुर्याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाएका सुमन विष्टले जानकारी दिए ।

सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा रु १० लाख सहयोग गरेका छन् । भन्सार छुटसहित करिब रु २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताए ।

पहिलो चरणको रु १० लाखको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गरेका थिए। उनले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताए ।

कुडुँले समाज जापानद्वारा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री
बागलुङको कुडुँले समाज जापानको तर्फबाट धवलागिरि अस्पतालको स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिइ र मास्क सहयोग गरिएको छ । कुडुँले समाज जापानका उपाध्यक्ष रामप्रसाद आचार्य, कुँडुले समाज बागलुङका अध्यक्ष कृष्ण आचार्य र तिरुपती बालाजी युवा क्लबका अध्यक्ष गणेश आचार्यले बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीको रोहबरमा अस्पतालका अध्यक्ष रानामगरलाई आठ प्याकेट मास्क र १० थान पिपिइ सेट हस्तान्तरण गरेका थिए ।

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
कोरोना महामारी फैलिरहँदा बागलुङ नगरपालिका–७ का स्थानीय गणपति न्युरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङ सहयोग गरेका छन् । न्युरेले जिल्ला ट्राफिक कार्यालय बागलुङमा ५०० थान मास्क तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा एक हजार थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको न्युरेले बताए । कोराना महामारीबीच अग्रपङ्तिमा खटिएका प्रहरीलाई केही हदसम्म भए पनि राहत होस् भनेर हस्तान्तरण गरेको उनको भनाइ थियो ।

सहयोगीप्रति जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले धन्यवाद ज्ञापन गरेको छ । न्युरेले केही दिन अगाडि बानपा–७ को मुलपानी स्वास्थ्यचौकी तथा बागलुङ नगरपालिका–७ का सङ्क्रमितहरूको घरघरमा पुगी मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!