
(ABC-Sanchar)
बर्दिया । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना लिन सुरु गरेको छ। बर्दिया प्रहरीले अनुमति बिना हिडेको लमजुङबाट आएको यात्रुवाहक भाडाको बसलाई नियन्त्रणमा लिई गुलरिया भादा पुलबाट नियन्त्रणमा लिइ नेपाल सरकारले जेठ ६ गते जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अनुसार ५ हजार जरीवाना लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताउनु भयो । बर्दियामा हालसम्म अनुमति बिना सञ्चालन भएका एक दर्जन बढी भाडाका सवारीलाई जनही रु ५ हजारका दरले जरिवाना गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त वहादुर सुनारले बताउनु भयाे ।निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पुर्याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने प्रावधान छ।
अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने छ । आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने छ ।
साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुनेछ । अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुन्छ ।