२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

(ABC-Sanchar)
म्याग्दी । गलेश्वर कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।

काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएका हुन् । त्यसका साथै उनले व्यक्तिगतरूपमा रु एक लाख खर्चेर आवश्यक निर्माण सामग्रीको जोहो गरी हावाबाट बिजुली उत्पादन गर्नुभएको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अँध्यारो हुँदा निकै असजिलो महसुस हुने गर्थ्यो । कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत् उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइदिएपछि बेलुकी पख शीतल हावा खान यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ ।

यतिबेला कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बेनी वा अन्यत्रबाट मानिसहरु आउन सक्ने वातावरण नभए पनि परिस्थिति सहज हुने बित्तिकै पर्यटकहरुको घुइँचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन ।

म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक श्रेष्ठका अनुसार सात वटा बल्ब बाल्न सक्ने क्षमता भए पनि अहिले चार वटा बल्ब मात्र बाल्न सकिएको छ । सात वटा बल्ब बाल्ने क्षमताको उत्पादनका लागि एउटा ठूलो टर्वाइन र पोल आवश्यक पर्ने भएकाले अहिले ल्याउन सक्ने अवस्था छैन । स्थिति सहज भयो भने तुरुन्तै त्यो पोल र टर्वाइन ल्याएर जडान गरेपछि बाल्न सकिने सम्भावना भएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]