२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

नेपालको रेल ८ महिनादेखि पालभित्रै थन्कियो

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ ।

सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेश समेत जारी गरिसकेको छ । पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन नसकिरहेको खबर राजधानी दैनिकमा छ ।

भारतबाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना, कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो ।

रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० अस्थायी कर्मचारी र १२ स्थायी कर्मचारी छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामती कर्मचारी काजमा ल्याएर जनशक्ति अभाव कम गर्ने काम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारत–नेपाल सीमावर्ती बजार रुपैडिहास्थित आदर्श प्रहरी चौकीभ्ब कोतवाली रुपैडिहामा आज एक विशेष शान्ति समितिको बैठक सम्पन्न भएको छ। क्षेत्राधिकारी (सीओ) नानपाराको उपस्थिति तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउने र सबै पक्षबाट सहयोग लिने विषयमा जोड दिइएको छ। मुख्य छलफलका बुँदाहरू: * महाशिवरात्रि तयारी: […]

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

error: Content is protected !!