०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

प्रभु हस्पिटलको ठगी धन्दा सञ्चालक डा. गुप्ताद्वारा स्विकार बिरामीसँग बढी रकम लिएको फिर्ता

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । निरन्तरको दवाव र चौतर्फी आलोचनापछि वीरगञ्जको प्रभु हस्पिटलका सञ्चालक डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताले बढी शूल्क लिई ठगी गरेको स्विकार गदै बाँकी पैँसा फिर्ता दिने भएका छन् ।

कोरोना भाइरसको महामारीमा मौकाको फाइदा उठाउँदै दर्जनौ बिरामीहरुसँग मनोमानी शूल्क लिएको भन्दै चौतर्फी आलोचित बनेको प्रभु हस्पिटलले बढी शूल्क लिई ठगी गरेको रकम फिर्ता दिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे लगायतको उपस्थितीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा अस्पतालका सञ्चालक डा. मनोज कुमार गुप्ताले बिरामीसँग बढी रकम असुल गरेको स्विकार गर्दै उक्त गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले बढी शूल्क लिएका बिरामीको बाँकी रकम फिर्ता गर्ने बताएका छन् । डिसिसिएमसीले प्रभु हस्पिटललाई फेरी यस्तै घटना दोहोरिए कारवाही गर्न चेतावनी दिएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले बताए ।

नेपाल सरकारले तोकेको शूल्कभन्दा बढी नलिन सजग पनि गराएको नगरप्रमुख सरावगीको भनाई छ । त्यसैगरी प्रभु हस्पिटलमा उपचार गराएर बढी शूल्क लिएकाहरुले सम्पर्क गरेर रकम फिर्ता लैजान पनि मेयर सरावगीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!