०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

प्रभु हस्पिटलको ठगी धन्दा सञ्चालक डा. गुप्ताद्वारा स्विकार बिरामीसँग बढी रकम लिएको फिर्ता

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । निरन्तरको दवाव र चौतर्फी आलोचनापछि वीरगञ्जको प्रभु हस्पिटलका सञ्चालक डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताले बढी शूल्क लिई ठगी गरेको स्विकार गदै बाँकी पैँसा फिर्ता दिने भएका छन् ।

कोरोना भाइरसको महामारीमा मौकाको फाइदा उठाउँदै दर्जनौ बिरामीहरुसँग मनोमानी शूल्क लिएको भन्दै चौतर्फी आलोचित बनेको प्रभु हस्पिटलले बढी शूल्क लिई ठगी गरेको रकम फिर्ता दिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे लगायतको उपस्थितीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा अस्पतालका सञ्चालक डा. मनोज कुमार गुप्ताले बिरामीसँग बढी रकम असुल गरेको स्विकार गर्दै उक्त गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले बढी शूल्क लिएका बिरामीको बाँकी रकम फिर्ता गर्ने बताएका छन् । डिसिसिएमसीले प्रभु हस्पिटललाई फेरी यस्तै घटना दोहोरिए कारवाही गर्न चेतावनी दिएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले बताए ।

नेपाल सरकारले तोकेको शूल्कभन्दा बढी नलिन सजग पनि गराएको नगरप्रमुख सरावगीको भनाई छ । त्यसैगरी प्रभु हस्पिटलमा उपचार गराएर बढी शूल्क लिएकाहरुले सम्पर्क गरेर रकम फिर्ता लैजान पनि मेयर सरावगीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!