(सर्मिला बोगटी)
धनगढी । कैलालीमा हतियार बनाउने उपकरण सहित एक जना पक्राउ परेका छन। जिल्लाको मोहन्याल गाउँपालिका ७ गोदामगडाका ५४ बर्षिय कर्ण बहादुर कामीलाई प्रहरीले हतियार बनाउने उपकरण सहित पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तको कमाण्डमा खटी गएको टोलीले कामीको घरमा खानतलासी गर्दा अबैध हातहतियार मर्मत एंव उत्पादन गर्ने टेगर थान ५, बारुद, भरुवा बन्दुकको नाल थान २, चाँप थान ४, टेगर गार्ड थान २, गज थान १ लगायतका हातहतियार बनाउने अन्य सामग्रीहरु बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।