०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

कैलालीमा हतियार बनाउने सामाग्री सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

(सर्मिला बोगटी)
धनगढी । कैलालीमा हतियार बनाउने उपकरण सहित एक जना पक्राउ परेका छन। जिल्लाको मोहन्याल गाउँपालिका ७ गोदामगडाका ५४ बर्षिय कर्ण बहादुर कामीलाई प्रहरीले हतियार बनाउने उपकरण सहित पक्राउ गरेको हो।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तको कमाण्डमा खटी गएको टोलीले कामीको घरमा खानतलासी गर्दा अबैध हातहतियार मर्मत एंव उत्पादन गर्ने टेगर थान ५, बारुद, भरुवा बन्दुकको नाल थान २, चाँप थान ४, टेगर गार्ड थान २, गज थान १ लगायतका हातहतियार बनाउने अन्य सामग्रीहरु बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!