२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भिर घाईते

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

(महेन्द्र सिंह)
बर्दिया । बाघको आक्रमणबाट बुधबार एक जना गम्भिर घाईते भएका छन् । मधुवन नगरपालिका – १ ईन्द्रपुरका ७४ वर्षिय लाल बहादुर थारु गम्भिर घाइते भएका छन् । औराही स्थित सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको हो ।

थारुको अनुहार चिथोरिएर छ । नाक, ओठ र दाहिने खुट्टाको साप्रामा गहिरो घाउ छ । घाईते थारुका अनुसार आफ्नै साथमा रहेको खुर्पाले बाघलाई प्रहार गरेपछि चोट लागेर बाघ जंगल तर्फ भागेको बताएका छन् । घाईते थारुको जिल्ला अस्पताल बर्दियमा उपचार भैईरहेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

बाघको आक्रमणमा परी गम्भिर घाईते भएको खबरले दुखित बनाएको मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले बताए । घाईते चौधरीको आर्थिक स्थिती कमजोर भएकोले थप उपचारको लागि बिपन्न जनतासंग मेयर कार्यक्रमबाट नगरपालिकालले खर्च गर्ने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]