२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मितेरी हस्पिटलमा पहिलो पटक कोभिड अस्पताल संचालनमा

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८


(सागर थापा)
दाङ । मितेरी हस्पिटल दाङले कोभिड विरामीहरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल संचालनमा ल्याएको छ।
कोरोना संक्रमितहरुको चाप दिनानु दिन बढ्न थालेपछि अस्पतालले आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको हो।

मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई कोभिड अस्पताल संचालन गरेको । मितेरी अस्पताल दाङका संचालक माधव भण्डारीले जानकारी दिनुभएको छ । बुधबारदेखि हस्पिटलमा रहेका ८ जना संक्रमितलाई कोभिड अस्पतालमा सारिएको संचालक भण्डारीले बताउनु भयो।

मितेरी हस्पिटलले कोभिड बिरामीलाई बसेवापत प्रतिबेड रु १ हजार देखि १५ सय सम्म लिने निणर्य गरेको संचालक भण्डारीले भन्नुभयो । नगरपालिकाले समन्वय गरे हामी विरामीलाई निशुल्क उपचार गर्न तयार छौं भण्डारीले भन्नुभयो, कोभिडका विरामीकै लागि भनेर हामीले छुटै टिमनै बनाएका छौं त्यो खर्च पूर्ति गर्न सामान्य शुल्क लिनैपर्छ’

मितेरी हस्पिटलले कोभिड अस्पताल आइसोलेशन सेन्टर संचालन गर्न थप २० वटा नयाँ अक्सिजन सिलिन्डर समेत खरिद गरेको छ।  जिल्ला प्रशासन दाङले निजि अस्पताललाई अक्जिसन रिफिल गर्ने व्यवस्था सहज नबनाउदा आफ्नो हस्पिटलमा रहेका कोभिड विरामीलाई एक्सिजनको व्यवस्थापन गर्न कठिनाइ भइरहेको संचालक भण्डारीको गुनासो छ। प्रशासनले कोभिडका विरामीलाई उपचार गराईरहेका सबै निजि अस्पतालहरुलाई सहजै अक्सिजन उपलब्ध गराउनुपर्ने उहाँको माग छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]