( सागर थापा )
दाङ । तुलसिपुरमा एउटै कार भित्र मृत अवस्था फेला परेका तीन बालकको मृत्यु निशास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । बैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए।
तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।
ती तीन बालकको मृत्यु निशास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए ।
‘ एक दूई दिन अगाडि मात्रै भिसेरा रिपोर्ट आयो,’ सिंहले भने ‘ त्यो रिपोर्टमा बालबालिकाको मृत्युको कारण (सोफोकेशन) निशास्सिएर भएर भन्ने खालको छ ।’
तीन बालकको मृत्यु अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निशास्सिएर भएको भन्ने उल्लेख रहेको डिएसपी सिंहले बताए ।
बालरोग बिशषेज्ञ डा. किशोर खत्रीले सोफोकेशनले सहजै बालबालिकाको मृत्यु हुन सक्ने संभावना औंल्याए । ‘ सोफोकेशनले मानिसको सहजै मृत्यु हुन्छ,’ उनले भने ‘ अक्सिजनको अभावमाले मस्तिष्कले काम गर्न छोड्छ र मानिसको मृत्यु हुन्छ ।’
अक्सिजनको अभावले शरिर शिथिल बनेर मानिस लड्ने र मृत्यु हुने कुराहरु हुन सक्ने डा. खत्रीले औंल्याए । कार सञ्चालकका अनुसार उक्त कारपनि माघ १ गतेदेखि पार्किङ गरि राखिएको थियो ।
लकडाउनको समयमा लामो समयदेखि बन्द कार भित्र खेल्दै गएका बालबालिका भित्र प्रबेश गरेपछि त्यहाँ गाडिबाट चुहिएको मोबिल लगाएतले मोनोअस्क्साईड निर्माणमा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।
‘ झन्डै ५÷६ सय मिटर उत्तरको बरुवा गाउँबाट खेल्दै दक्षिणको स्याउली बजारको टोलमा आएका ती बच्चालाई न कसैले चिन्थे, न त उनका अभिभावक संगै कसैको कुनै दुस्मनी नै देखिन्छ,’ डिएसपी सिंहले भने ‘उनीहरुका अभिभाबक ज्याला मजदुरी गर्नुहुन्छ भने धनको लालचले कसैले बालकहरुलाई बन्धक बनाइ कतब्र्य गरी मारेको संभावनापनि देखिएन ।’
बसका चालक अरुण बुढा मगरले बैशाख १८ गते बेलुका करिब साढे ६ बजेतिर पार्किङ गरि राखेको कारका बत्तिहरु एकाएक बलेको देखेपछि किन यस्तो भयो ? भनेर हेर्न जाँदा कार भित्र बच्चाहरु मृत अवस्थामा देखेका थिए । आसपासमा घर रहेपनि कार खुल्ला चौरमा पार्किङ गरि राखिएको थियो ।
त्यो कार पश्चिम तर्फ फर्काएर पार्किङ गरिएको थियो । त्यसको सम्मुख करिब १५ मिटर पश्चिम तर्फ लकडाउनका कारण मगरको बस सडकमै पार्किङ गरि राखिएको थियो । त्यो उति फराकिलो र चल्तिको बाटोपनि हैन । तर, बाटोको नाला निर्माण भइरहेको हुँदा उक्त दिन त्यहाँ एउटा ट्याङकर पानी लिएर आयो ।
त्यही ट्याङकरलाई साईड दिनका लागि मगर आफ्नो गाडी ब्याक गर्न आएको समयमा लामो समयदेखि बन्द कारको बत्ति एकाएक बलेको देखेपछि उनी आश्चर्य मानेर हेर्न गएका थिए ।
बन्द कारहरुका बत्ति एकैपटक बल्न सक्छन ?
त्यसबारे अनुसन्धान गर्न प्रहरीले घोराहीमा कार्यरत एकजना मेकानिकल इञ्जिनियरलाई झिकाएको थियो । ती मेकानिकल इञ्जिनियरले पार्किङ गरि राखेको कारको बत्तिहरु कसरी एकाएक आँफै बले भन्ने बारेमा तीनवटा कारणहरु प्रस्तुत गरेका छन् । डिएसपी सिंहका अनुसार बच्चाहरु भित्र प्रबेश गरेपछि सुरुमा गाडीका बिभिन्न पाटपूर्जाहरु चलाएको देखिएको छ ।
ती इञ्जिनियरका अनुसार गाडीको वाईफर अन हुनु, सेन्टर लक रहनु , एसी खुलेको अवस्थामा फेला पर्नु तथा गाडीको ब्याट्री पुरै लो भएको अवस्थामा निशान गाडीको पार्किङ बत्तिहरु कहिले काँही अचानक बल्ने र निभ्ने सक्ने अवस्था रहने रिपोर्टमा उल्लेख गरेका छन् । कारका बत्तिहरु त्यही भएर एकाएक बलेको र त्यो भन्दा अन्य तर्कहरु मनोगत तथा तथ्य बिपरित देखिन आएको प्रहरीले जनाएको छ ।
‘प्रहरीले आफ्नो अनुसन्धान सफलता पूर्वक पुरा गरि अदालतमा मिसिल बुझाई सकेको छ,’ डिएसपी सिंहले भने ‘ भिसेरा रिपोर्ट रिपोर्टले निशास्सिएर मृत्यु भएको देखाउनु, पोष्ट मार्टम रिपोर्टले कतै चोट पटक लागेको नदेखिनुले घटनालाई ब्यक्ति बिशेषले आफ्नो ढंगले मनोगत रुपमा ब्याख्या गर्न खोज्नु गलत हो ।’
तथ्य र रिपोर्टहरुका आधारमा लामो समयदेखि पार्किङ गरि राखिएको कार भित्र बच्चा खेल्ने क्रममा त्यस भित्र प्रबेश गरेको भएपनि भित्रबाट ढोका लक भएपछि बाहिर निस्कन नसक्दा निशास्सिएर मृत्यु भएको डिएसपी सिंहले
यसअघि प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राविधिक झिकाएको थियो भने शवको पोष्टमार्टमका लागि बुटवलबाट विषेशज्ञ डाक्टर झिकाएको थियो।
पोष्टमार्टमा रिपोर्टले बालकको शरीरमा कुनै चोटरपटक नलागेको हुँदा कर्तब्य गरि मारेको नदेखिएको प्रहरीले यसअघि नै जनाई सकेको थियो।
शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य त्यस्तै कारणले मृत्यु भएको हो, होईन ? भनेर अनुसन्धान गर्न भिसेरा परीक्षणको लागि यसअघि नै काठमाडौं पठाइएको थियो । प्रहरीले घटनाको दोस्रो दिन वैशाख १९ गते नै कारधनी भनिएका तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरि ‘लापरबाही’ शिर्षकमा मुद्दा चलाएर अनुसन्धान सुरु गरेको थियो ।
चालक बस्नेत र गाडी धनी गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेकाले आफूहरू घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष वयान दिदै आएका थिए । तर पीडित अभिभावकले भने तीन बालकको सामुहिक हत्या भएको दावी गदै दोषी पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएको भएपनि बैशाख ३१ गते १३ दिन पछि मात्रै शव बुझेका थिए ।
तुलसीपुर उपमहानगरपालिकामा पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगाएतका बीचमा भएको वार्तापछि पीडित पक्षले बैशाख ३१ गते बेलुका १३ दिन पछि तीन बालकको