२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ओखलढुंगाको सुनकोशी बाढीले बगायो निर्माणाधीन पुल

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

(ABC-Sanchar)
ओखलढुंगा । सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ।

चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगेको हो।

करीब रु २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रालि सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो।

बुधबार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो । वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्ने गरी काम अघि बढाइए पनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए।

उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तरगतको केवल ब्रिज हो। उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो। केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउँछन। ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिनसम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’ माझीले भने, ‘गुणस्तरीय काम गर्दागर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याब भत्कियो । निकै ठूलो क्षति भयो ।’ माझीका अनुसार करी बरु ६ करोड बराबरको क्षति भएको छ।

निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुली फिक्कल गाउँपालिका २ का वडाध्यक्ष शंकर भण्डारीले बताए।

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफूहरुसँग कुनै समन्वय नगरेको बताए।

सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताए।

ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुन सक्ने उनको भनाइ छ। रासस

सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका� १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोडने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो । २१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर : पूर्णप्रसाद न्यौपाने÷रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]