(सर्मिला बोगटी)
धनगढी । कैलालीमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका वडा नम्बर १७ बस्ने बर्ष २१ को सुरेश चौधरी र वडा नम्बर १५ बस्ने बर्ष १८ राधा कृष्ण चौधरी रहेका छन्। जेठ ९ गते भजनी नगरपालिका वडा नं ३ पडरिया प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको अवस्थामा ईन्जिन नं DHYRJG87883 चेसिस नं.MD2A11CYXJPG-05741 भएको से ७ प ३२१६ नं.निलो कालो रंगको पल्सर मोटरसाईकल चोरी भएको थियो।
जोशीले मोटरसाइकल चोरी सम्वन्धी निवेदन दिएपछि प्रहरीले खोजी कार्य थालेको थियो। मोटरसाइकल चोरी गरि धनगढी उप-महानगरपलिका वडा नं ७ देबरीया स्थित जंगलमा मोटर साईकल चलाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भई भईरहेको प्रहरीले जनाएको छ।