०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

कैलालीमा मोटर साईकल चोरी संलग्नमा २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

(सर्मिला बोगटी)
धनगढी । कैलालीमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका वडा नम्बर १७ बस्ने बर्ष २१ को सुरेश चौधरी र वडा नम्बर १५ बस्ने बर्ष १८ राधा कृष्ण चौधरी रहेका छन्। जेठ ९ गते भजनी नगरपालिका वडा नं ३ पडरिया प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको अवस्थामा ईन्जिन नं DHYRJG87883 चेसिस नं.MD2A11CYXJPG-05741 भएको से ७ प ३२१६ नं.निलो कालो रंगको पल्सर मोटरसाईकल चोरी भएको थियो।

जोशीले मोटरसाइकल चोरी सम्वन्धी निवेदन दिएपछि प्रहरीले खोजी कार्य थालेको थियो। मोटरसाइकल चोरी गरि धनगढी उप-महानगरपलिका वडा नं ७ देबरीया स्थित जंगलमा मोटर साईकल चलाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भई भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!