०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

काठमाडौं उपत्यकाका ११ हजार स्थानमा सिसिटिभी जडान हुने

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

(ABC=Sanchar)
काठमाडौं । मुलुकमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको अधिकृतम उपयोगमा जोड दिइएको छ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणानुसार आव २०७७/७८ फागुनसम्ममा प्रविधि अधिकतम उपयोग गर्ने लक्ष्यानुरुप झण्डै ११ हजार सार्वजनिक स्थानमा सिसिटिभी जडान गरी सुरक्षको निगरानी थालिएको छ।

दोस्रो चरणको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनाानुरुप करीब तीन हजार जनशक्तिलाई तालीम प्रदान गरिएको जनाइएको छ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक सञ्चार एप्स निर्माण गरी १९ सुरक्षाचौकीमा प्रयोग गरिएको छ।

घटना दुर्घटनाको भौतिक सबुद प्रमाणको परीक्षण, विशेषज्ञबाट बकपत्र, पोलिग्राफ परीक्षण, औँठा छापको अभिलेख राख्दै जाने योजनाानुसार उक्त आवको फागुनसम्म ८५७ पोलिग्राफ परीक्षण गरिएको र साइबर ब्युरोबाट विद्युतीय कारोवारसम्बन्धी ५० मुद्दाको अनुसन्धान सम्पन्न भएको छ।

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमा चेतनामूलक कार्यक्रममा समेत जोड दिइएको छ।

उक्त अवधिमा झण्डै १६ लाखलाई प्रशिक्षित गराइएको छ । लैंगिक हिंसासम्बन्धी दुई हजार २८३ मुद्दा दर्ता भएकामा एक हजार ८१४ फछ्र्योट गरिएको सर्वेक्षणमा उल्लेख छ।

नेपाल भित्रिने र बाहिरिने सबै विदेशीको जैविक सूचनासहितको विवरण राख्ने गरी नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

विदेशीस्थित ३९ नेपाली नियोगबाट समेत नेपाली पोर्टमार्फत प्रवेशाज्ञा जारी गर्न शुरु गरिएको जनाइएको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आउने विदेशी पर्यटकका लागि अध्यागमन प्रक्रिया सहजीकरण गर्न सुरक्षा गार्ड तथा प्रशिक्षार्थी विद्यार्थीसमेत परिचालन गरी व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ।

नेपालमा लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण सम्पन्न गरिएको र वार्षिक औसत ५।०६ प्रतिशतले प्रयोगकर्ताको संख्या वृद्धि भई कुल एक लाख ३० हजार ४२४ पुगेका छन् जसमा ९३ प्रशित बढी पुरुष छन्।

विपद् व्यवस्थापनका लागि नेपालका सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन प्रतिकार्ययोजना तयार भएको र ६६ जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको सर्वेक्षणमा उल्लेख छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!