![](https://www.abcsanchar.com/wp-content/uploads/2021/05/received_994754677946991.jpeg)
(ABC=Sanchar)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजा हटाउँदा देश र जनता कमजोर भएको बताएका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर यस्तो बिचार व्यक्त गरेका हुन ।
१५ गते( १३ वर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरु भ्रष्टाचार,धर्म परिवर्तन,सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना पुनर्विचार गरौँ ।