०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

नेपालगन्ज भेरी अस्पतालमा नेपाल प्रहरीको सुरक्षा २५ प्रहरी परिचालन

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि आक्रमण भएको घटनापछि अस्पतालमा जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले सुरक्षा बढाइएको छ ।

महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमणले उनीहरुको मनोबल खस्किने चिन्ता र उनीहरुको सुरक्षा चासोले चर्चा पाइरहँदा शनिवार प्रहरी सुरक्षा थप गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार शुरक्षा व्यवस्था मिलाइएको बताए । उनका अनुसार, महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए ।

प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यस अघिदेखिनै भेरीमा परिचालित छन् । घटनाको बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि अझै समस्या बढेको थियो ।
७ जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा नेपाल प्रहरीको सुरक्षाकर्मी बढाइएको यो पहिलो पटक हो बाँके एसपी रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!