२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भोका पेट भर्ने अभियानमा सामाजिक अभियानता जेनिसा बोहरा

Logo
प्रकाशित सोमबार, जेठ १७, २०७८

(सागर थापा)
काठमाडौ । निषेधाज्ञाले उपत्यका सहित देशका अधिंकाश जिल्ला अस्तव्यस्त भएको छ । हुने खाने लाई निषेधाज्ञा ले केही असर नगरेता पनि हुदा खानेलाई यो निषेधाज्ञाले निकै ठूलो असर गरेको छ । ज्यालादारी गरेर एक छाक खाना खानेका लागी यस्ले ठूलो चुनौती थपेको छ ।

यसैबीच जो ज्यालादारी गरेर आफ्नो र आफ्नो परिवारको गुजारा गरिरहनछन हो त्यसता वर्गका मानिसको भगवान बनेर अभियानता जेनिसा बोहोरा आएकी छन ।

सामाजिक काममा दुई कदम अघि रहेकी जेनिसाले अहिले दुखी र गरिव जो निमुखा छन , हो त्यसता व्यक्तिको पेट भर्ने अभियान चलाएकी छन । पहिलेको लकडाउनमा पनि जेनिसा एक्लै ले सयौलाई खाना खुवाउदै आएको कुरा सबैलाई अवगत नै छ । अहिले झन उनले काठमाडौ उपत्यका लगायत देशका अधिकांश ठाउमा पुगेर राहात पनि बाढेकी छन ।

सानैदेखि सहयोगी जेनिसा अहिले झन आफ्नो गाँस काटेर भएपनी दुखी गरिवको लागि सहयोग गर्ने गर्दछिन । निरन्तर रुपमा समाजसेवामै खटिएकी उनी अहिले उपत्यकामा निमुखा जनताको लागि राहात प्याकेज हरु बनाएर वितरण गर्दै गरेकी छन ।

केही चर्चित संस्थामा आबद्ध बोहोराले संस्था मार्फत पनि थुप्रै ठाउमा सहयोग हरु गर्दै आइरहेकी छन । तर अरु अभियान्ताको हिसाबमा जेनिसा बोहोरा एक कदम उचाइमा छिन ।

अरु अभियान्ताले धेरै सहयोगी मनहरुसङ जोडिएर सहयोग संकलन गरेर त्यस्को पारदर्शिता नहुने गरि वितरण गर्छन भने जेनिसाको हकमा उनले चाहिँ सकेसम्म अरु सहयोगी मन समक्ष नमागी कन आफै सहयोग हरु गर्छिन । अहिले पनि उनले विभिन्न वर्गका मानिसलाई राहत दिदै आएकी छन ।

जस्ले समाजमा राम्रो काम गर्न खोज्यो उस्को नै बढी आलोचना हुने उनको ठम्याइ छ । उनी आलोचना र नकारात्मक प्रतिक्रिया बाट पछि नहटी समाजसेवा गर्नेलाई नै वास्तविक समाजसेवी मान्छिन ।

उनले कहिले बाल आश्रममा पुगेर आफू सक्दो सहयोग गर्छिन भने कहिलेकाही बुढाबुढी बस्ने वृद्ध आश्रममा पुगेर सहयोग गर्छिन । भोलि कसैले देखेको छैन अहिले नै समाज सेवा गर्ने हो भन्ने उनको बुझाइ छ ।

उनलाई थुप्रै सामाजिक संजालमा सपोर्ट हरु मिल्ने गर्छ , जस्ले अझै केही थप उर्जासिल काम गर्ने जोस र जागर आउने उनको बुझाइ छ ।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]