(महेन्द्र सिंह)
बर्दिया । अबैध रुपमा उत्खनन् गरी ओसार पसारमा संलग्न रहेका जेसिबि टिप्पर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारबर्दिया नगरपालिका–२ लठुवाघाट स्थित बबई नदिमा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ३ वटा टिप्पर, १ वटा जिसिबि र १ वटा ट्याक्टर पक्राउ गरेको हो ।
प्रहरीले उत्खनन् कार्यमा रहेका जेसिबिसहित टिप्पर र ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय गुलरियामा बुझाएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।