०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

दाङ प्रहरीले Online ठगि सम्बन्धि सचेत हुन जनहितमा जारी सन्देश

Logo
प्रकाशित बिहिबार, जेठ २०, २०७८


(सागर थापा)
दाङ । उपरोक्त सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo ) मार्फत अपरिचित व्यक्ती तथा संस्था वाट तपाईको नाममा लटरी चिट्ठा, उपहार परेको छ भनि प्रलोभनमा पारी ठगी गरेको भन्ने गुनासा निवेदन यस कार्यालयमा प्राप्त भएको सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo) मार्फत स्वदेश तथा विदेशमा रहेका ठगी गर्ने गिरोह तथा व्यक्तीहरुले बिश्वासमा पार्ने भिडियो, लटरी चिट्ठा सम्बन्धी कागजातहरु बनाई लटरी चिट्ठा वापतको पैसा प्राप्त गर्नको लागि कर लाग्छ उक्त कर वापतको रकम पठाई दिनुस भनि ठगी गर्ने, तपाईको बैंक एकाउन्ट (खाता नम्बर) मा लटरी परेको रकम पठाई दिन्छौ भनि व्यक्तीगत विवरण, (खाता नम्बर, फोन नम्बर, पिनकोड र पासवर्ड) जस्ता गोप्य विवरण मागी उक्त विवरण दुरुपयोग (ह्याक) गरी खातामा भएको रकम ठगि गर्ने गिरोहले निकाली ठगी गर्ने, ठगि गर्ने व्यक्ती तथा गिरोहले सोसल मिडिया फेसवुक म्यासेन्जरमा साथी वनी व्यक्तिगत विवरण मागि उक्त विवरणको दुरुपयोग गरी ठगि गर्ने गरेको भन्ने निबेदन, जाहेरी र घटनाक्रमवाट देखिन आएको हुँदा सम्पूर्ण सर्वसाधारण महानुभावहरुमा यसरी स्वदेश तथा विदेश वाट अपरिचित व्यक्ति तथा गिरोहको फोन, म्यासेज, कुनै सन्देश वाट लटरी चिट्ठा पर्‍यो भनि प्रलोभनमा पारी व्यक्तीगत विवरवण ( बैंकको खाता नम्बर, मोबाईल नम्बर, मोबाईलमा प्राप्त पिनकोड, पासवर्ड) मागी उक्त विवरणको दुरुपयोग (ह्याक) गरी खाता, रहेको रकम झिक्न सक्ने,लोटरी चिट्टा बापतको कर तिर्न कुनै रकम मागगरी ठगी गर्न सक्ने भएको हुँदा सो तर्फ सचेत रही त्यस्ता अपरीचित व्यक्तिको फोनकल, म्यासेज र संदेशको बिश्वासमा नपर्न हुन र कुनैपनी खालको रकम नपठाउनुहुन अनुरोध गरिन्छ ।
साथै लटरी, चिट्ठा, उपहार परेको छ भनि नचिनेको व्यक्ति समुहले स्वदेश तथा बिदेशबाट संकास्पद फोनकल, म्यासेज, सन्देश प्राप्त भई कुनै खालको रकम माग गरेमा वा व्यक्तिगत विवरण(खाता नं., पासवर्ड, पिनकोर्ड) माग गरेमा तुरुन्त यस कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध ।
नम्बर:-०८२-५६०१९९, ९८५७८९०१०१, हटलाईन:-१००,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!