२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले Online ठगि सम्बन्धि सचेत हुन जनहितमा जारी सन्देश

Logo
प्रकाशित बिहिबार, जेठ २०, २०७८


(सागर थापा)
दाङ । उपरोक्त सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo ) मार्फत अपरिचित व्यक्ती तथा संस्था वाट तपाईको नाममा लटरी चिट्ठा, उपहार परेको छ भनि प्रलोभनमा पारी ठगी गरेको भन्ने गुनासा निवेदन यस कार्यालयमा प्राप्त भएको सम्बन्धमा सोसल मिडिया (WhatsApp, Viber, Imo) मार्फत स्वदेश तथा विदेशमा रहेका ठगी गर्ने गिरोह तथा व्यक्तीहरुले बिश्वासमा पार्ने भिडियो, लटरी चिट्ठा सम्बन्धी कागजातहरु बनाई लटरी चिट्ठा वापतको पैसा प्राप्त गर्नको लागि कर लाग्छ उक्त कर वापतको रकम पठाई दिनुस भनि ठगी गर्ने, तपाईको बैंक एकाउन्ट (खाता नम्बर) मा लटरी परेको रकम पठाई दिन्छौ भनि व्यक्तीगत विवरण, (खाता नम्बर, फोन नम्बर, पिनकोड र पासवर्ड) जस्ता गोप्य विवरण मागी उक्त विवरण दुरुपयोग (ह्याक) गरी खातामा भएको रकम ठगि गर्ने गिरोहले निकाली ठगी गर्ने, ठगि गर्ने व्यक्ती तथा गिरोहले सोसल मिडिया फेसवुक म्यासेन्जरमा साथी वनी व्यक्तिगत विवरण मागि उक्त विवरणको दुरुपयोग गरी ठगि गर्ने गरेको भन्ने निबेदन, जाहेरी र घटनाक्रमवाट देखिन आएको हुँदा सम्पूर्ण सर्वसाधारण महानुभावहरुमा यसरी स्वदेश तथा विदेश वाट अपरिचित व्यक्ति तथा गिरोहको फोन, म्यासेज, कुनै सन्देश वाट लटरी चिट्ठा पर्‍यो भनि प्रलोभनमा पारी व्यक्तीगत विवरवण ( बैंकको खाता नम्बर, मोबाईल नम्बर, मोबाईलमा प्राप्त पिनकोड, पासवर्ड) मागी उक्त विवरणको दुरुपयोग (ह्याक) गरी खाता, रहेको रकम झिक्न सक्ने,लोटरी चिट्टा बापतको कर तिर्न कुनै रकम मागगरी ठगी गर्न सक्ने भएको हुँदा सो तर्फ सचेत रही त्यस्ता अपरीचित व्यक्तिको फोनकल, म्यासेज र संदेशको बिश्वासमा नपर्न हुन र कुनैपनी खालको रकम नपठाउनुहुन अनुरोध गरिन्छ ।
साथै लटरी, चिट्ठा, उपहार परेको छ भनि नचिनेको व्यक्ति समुहले स्वदेश तथा बिदेशबाट संकास्पद फोनकल, म्यासेज, सन्देश प्राप्त भई कुनै खालको रकम माग गरेमा वा व्यक्तिगत विवरण(खाता नं., पासवर्ड, पिनकोर्ड) माग गरेमा तुरुन्त यस कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध ।
नम्बर:-०८२-५६०१९९, ९८५७८९०१०१, हटलाईन:-१००,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]