११ चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

पेट्रोलियम पदार्थको मूल्यवृद्धि १२५ रुपैयाँ लिटर पेट्रोल बढ्यो

Logo
प्रकाशित आइतबार, जेठ २३, २०७८


(ABC=Sanchar)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।

हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए।

अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।

पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र ७८ रूपैयाँ थियो।

यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।

निषेधाज्ञाको समयको पन्ध्र दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। र अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

‘निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ,’ उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आक्रमणकारी ड्रोनले विमानस्थल परिसरमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गर्दा ठुलो आगलागी भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, प्रारम्भिक रिपोर्टमा आक्रमणबाट भौतिक क्षति मात्र भएको र कुनै मानवीय क्षति भएको छैन । कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल राज्हीले घटनास्थलमा तत्काल आपत्कालीन […]

पोर्चुगलको चिसो रातमा, जब विदेशी आकाशमा तारा टिलपिलाउँछन्, एउटा नेपाली युवाको मुटु भने घोराहीको माटोसँगै धड्किरहेको हुन्छ । आँखा बन्द गर्दा पनि त्यो पुरानो मिलनचोक, घोराहीको धुलो उड्ने सडक, राति दुई बजे पानीको लागि गाग्री बोकेर हिँड्ने आमाहरूको थकित अनुहार, र टाढा–टाढाबाट आएको सविन प्रियासन दाजुको आवाजले उनलाई सताउँछ । “म यतिबेला वैदेशिक रोजगारीको शिलशिलामा […]

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

error: Content is protected !!