०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

पदमुक्त भएका मन्त्री सोनल सुटकेस लिएर मोटरसाइकलमा घरतिर लागे

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

(रवि वर्णवाल)
बिरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आइतबार साँझ आफ्नो मन्त्रीमण्डलबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित ४ मन्त्रीलाई पदमुक्त गरेका छन् ।

कार्यसम्पादन सन्तोषजनक नभएको र जनभावना अनुसार काम गर्न नसकेको भन्दै मुख्यमन्त्री राउतले १ मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई आफ्नो मन्त्रीमण्डलबाट विदा गरेका थिए ।

आइतबार मात्रै जनता समाजवादी पार्टी (जसपा) प्रदेश नम्बर २ संसदीय दलको नेता चयन भएका मुख्यमन्त्री राउतले आफ्नो शक्ती प्रयोग गर्दै महन्थ ठाकुर निकट चारैजनालाई विदा गरेका थिए । मुख्यमन्त्री राउतले गरेको सिफारिसलाई प्रदेश प्रमुख डा. राजेश झाले हिजोनै सदर गरेर नयाँ मन्त्रीमण्डलको सूची प्रकाशित गरेका थिए ।

राउतले पदमुक्त गरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्त्री निवास छाडेका छन् । सोनलले आइतबार बिहानै मन्त्री निवासी छाडेको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

सोनलले सामान्य तरिकाबाट एउटा सुटकेस मात्र लीइ मोटरसाइकलमा चढेर मन्त्री निवास छाडेका छन् । सामान्यता पदमुक्त भएको महिनौंसम्म मन्त्री निवास र सेवासविधासमेत नछाड्ने प्रवृति विपरित गएर मन्त्री सोनलले पदमुक्त भएको २४ घण्टा भित्रै मन्त्री निवासी छाडेका हुन् ।

मन्त्रलायका कर्मचारीसहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट सोनलले विदा लिएको स्वकीय सचिव सर्राफले बताए ।

निवासबाट बाहिरिँदै उनले पार्टीले आफ्नो साढे ३ वर्षको कार्यकालमा तत्कालीन राजपा संसदीय दलको नेता र मन्त्रीका रुपमा मधेसको भावना अनुरुप काम गर्ने प्रयास गरेको बताए । उनले यस कार्यको लागि आफूलाई जिम्मेवारी दिएका पार्टीका नेता प्रति आभार व्यक्त गरेका थिए ।

सोनलले आगामी दिनमा पनि मधेस र प्रदेशको जनताको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

निवास छोडेपछि अहिले उनको जनकपुरधामकै सिटी स्टार होटलमा बसेर राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको सर्राफले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!