०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

बाँके जिल्ला ट्राफिकले २ करोड ३१ लाख राजश्य उठ्यो

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

(महेन्द्र सिंह)
बाँके । चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख महिनासम्म भएका १३० वटा दुर्घटनामा ६४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले बताउनुभयो ।

सबैभन्दा धेरै मानवीय क्षती कार्तिक र फागुन महिनामा भएको छ । यी दुई महिनामा ९–९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ६८ जना गम्भीर घाइते हुँदा १२७ जना सामान्य घाइते भएका छन्। साउनमा ६ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भदौमा २० वटा दुर्घटनामा ५, असोजमा १९ दुर्घटनामा ७, कार्तिकमा १२ दुर्घटनामा ९, मंसिरमा १५ दुर्घटनामा ५, पुसमा १० दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । यस्तै माघमा १३ दुर्घटनामा ४, फागुनमा १२ दुर्घटनामा ९, चैतमा १६ दुर्घटनामा ६ र बैशाखमा ७ दुर्घटनामा ८ जनाले ज्यान गुएका प्रमुख भण्डारीले बताउनुभयो । तीन वर्षको मृत्यु तथ्यांक केलाउँदा यो गएको आर्थिक वर्षकै हाराहारी हो ।

आर्थिक वर्ष ०७६÷७७ मा २८० दुर्घटनामा ७३ जनाको मृत्यु भएको थियो भने ०७५÷७६ मा १६१ सवारी दुर्घटना भएकोमा ६० जनाले ज्यान गुमाएका थिए । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने १६२ सवारी दुर्घटना भएकोमा ४७ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

दुई करोड ३१ लाख राजश्य उठ्यो

यो आर्थिक वर्षको बैशाख मसान्तसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोड ३१ लाख बढी राजश्य संकलन गरेको छ । यो गत बर्षको भन्दा तीन महिना अगावै १ करोड २ लाख बढी हो । प्रमुख भण्डारीले चालू आर्थिक वर्षमा २ करोड राजश्व संकलनको लक्ष्य लिनुभएको थियो । ४० हजार ६३९ सवारी साधान कारवाही गर्दा २ करोड ३१ लाख २४ हजार राजश्व संकलन भएको हो । साउनमा १० लाख ४७ हजार ५००, भदौमा १७ लाख २० हजार, असोजमा १९ लाख १४ हजार, कार्तिकमा २२ लाख ४४ हजार, मंसिरमा ३० लाख ९३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । पुषमा २७ लाख ६३ हजार, माघमा २७ लाख ४३ हजार, फागुनमा ३५ लाख ४५ हजार, चैतमा २६ लाख ४८ हजार र बैशाखमा १४ लाख ६ हजार संकलन भएको छ । यो राजश्व आर्थिक वर्ष ०७६÷७७ भन्दा बढी हो । गएको आर्थिक वर्ष १ करोड २९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

दुर्घटना न्यूनिकरणका लागि सचेतिकरण कार्यक्रम

दुर्घटना न्यूनिकरणका लागि विभिन्न खाले सचेतिकरणका कार्यक्रम संचालन गर्ने गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थी, चालक तथा सहचालक, सर्वसाधरणलगायतलाई ट्राफिक नियमबारे जानकारी गराउने कार्य भएका छन् । विद्यार्थीलाई १७ पटक दिइएको तालिममा १ हजार ७ सय ५० विद्यार्थी सहभागी भएका छन् । सामुदायिक मार्फत कक्षा संचालन ३० पटक भएकोमा १ हजार ९ सय ५४ जना सहभागी भए ।

व्यवसायीक चालक तथा सहचालकलाई ५२ पटक कक्षा दिइएको छ । त्यसमा ३ हजार ७ सय १२ जना सहभागी भएका थिए । लकडाउनको अवधिमा कार्यालय तथा विभिन्न पोष्टहरुले तपाईको मास्क खोइ रु भन्ने कार्यक्रम १४ वटा भए ।

त्यसमा ६ सय २० जना सर्वसाधरणलाई मास्कको प्रयोग र महत्ववारे जानकारी गराउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सइ इश्वरी देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियानले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सचेतिकरण गर्ने काम भयो ।अनलाईन खोजखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!