२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके जिल्ला ट्राफिकले २ करोड ३१ लाख राजश्य उठ्यो

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८

(महेन्द्र सिंह)
बाँके । चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख महिनासम्म भएका १३० वटा दुर्घटनामा ६४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले बताउनुभयो ।

सबैभन्दा धेरै मानवीय क्षती कार्तिक र फागुन महिनामा भएको छ । यी दुई महिनामा ९–९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ६८ जना गम्भीर घाइते हुँदा १२७ जना सामान्य घाइते भएका छन्। साउनमा ६ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भदौमा २० वटा दुर्घटनामा ५, असोजमा १९ दुर्घटनामा ७, कार्तिकमा १२ दुर्घटनामा ९, मंसिरमा १५ दुर्घटनामा ५, पुसमा १० दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । यस्तै माघमा १३ दुर्घटनामा ४, फागुनमा १२ दुर्घटनामा ९, चैतमा १६ दुर्घटनामा ६ र बैशाखमा ७ दुर्घटनामा ८ जनाले ज्यान गुएका प्रमुख भण्डारीले बताउनुभयो । तीन वर्षको मृत्यु तथ्यांक केलाउँदा यो गएको आर्थिक वर्षकै हाराहारी हो ।

आर्थिक वर्ष ०७६÷७७ मा २८० दुर्घटनामा ७३ जनाको मृत्यु भएको थियो भने ०७५÷७६ मा १६१ सवारी दुर्घटना भएकोमा ६० जनाले ज्यान गुमाएका थिए । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने १६२ सवारी दुर्घटना भएकोमा ४७ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

दुई करोड ३१ लाख राजश्य उठ्यो

यो आर्थिक वर्षको बैशाख मसान्तसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोड ३१ लाख बढी राजश्य संकलन गरेको छ । यो गत बर्षको भन्दा तीन महिना अगावै १ करोड २ लाख बढी हो । प्रमुख भण्डारीले चालू आर्थिक वर्षमा २ करोड राजश्व संकलनको लक्ष्य लिनुभएको थियो । ४० हजार ६३९ सवारी साधान कारवाही गर्दा २ करोड ३१ लाख २४ हजार राजश्व संकलन भएको हो । साउनमा १० लाख ४७ हजार ५००, भदौमा १७ लाख २० हजार, असोजमा १९ लाख १४ हजार, कार्तिकमा २२ लाख ४४ हजार, मंसिरमा ३० लाख ९३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । पुषमा २७ लाख ६३ हजार, माघमा २७ लाख ४३ हजार, फागुनमा ३५ लाख ४५ हजार, चैतमा २६ लाख ४८ हजार र बैशाखमा १४ लाख ६ हजार संकलन भएको छ । यो राजश्व आर्थिक वर्ष ०७६÷७७ भन्दा बढी हो । गएको आर्थिक वर्ष १ करोड २९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

दुर्घटना न्यूनिकरणका लागि सचेतिकरण कार्यक्रम

दुर्घटना न्यूनिकरणका लागि विभिन्न खाले सचेतिकरणका कार्यक्रम संचालन गर्ने गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थी, चालक तथा सहचालक, सर्वसाधरणलगायतलाई ट्राफिक नियमबारे जानकारी गराउने कार्य भएका छन् । विद्यार्थीलाई १७ पटक दिइएको तालिममा १ हजार ७ सय ५० विद्यार्थी सहभागी भएका छन् । सामुदायिक मार्फत कक्षा संचालन ३० पटक भएकोमा १ हजार ९ सय ५४ जना सहभागी भए ।

व्यवसायीक चालक तथा सहचालकलाई ५२ पटक कक्षा दिइएको छ । त्यसमा ३ हजार ७ सय १२ जना सहभागी भएका थिए । लकडाउनको अवधिमा कार्यालय तथा विभिन्न पोष्टहरुले तपाईको मास्क खोइ रु भन्ने कार्यक्रम १४ वटा भए ।

त्यसमा ६ सय २० जना सर्वसाधरणलाई मास्कको प्रयोग र महत्ववारे जानकारी गराउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सइ इश्वरी देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियानले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सचेतिकरण गर्ने काम भयो ।अनलाईन खोजखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]