ABC (क्राईमबिट)
दाङ । सामुहिक चोरी मुद्दाका फरार ४ जना प्रतिबादि महिलालाई पक्राउ गरेर सार्बजनिक गरेको छ ।
घोराही उपमहानगरपालिका १८ ढोडेनीमा लुकीछिपी बसीरहेको अवस्थापमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा घोराही १८ ढोडेनी निवासी ३६ वर्षिय शान्ति सुनार, सोही ठाउँ निवासी २५ वर्षिय सन्तोषी नेपाली, ३६ वर्षिय चन्द्रकला सुनार र ३५ वर्षिय ज्योतिकला दमाई रहेका छन् । २०७६ वैशाख ३० गते फैसला भइ फरार रहेका ४ जना महिलालाई सोमबार एक बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
उनीहरुलाई जनही ५ हजारका दरले जरीवाना र ८ महिना सात दिन कैद फैसला सुनाइएको थियो । तर उनीहरु विगत एक वर्षदेखि फरार रहेका थिए । प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।