२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिआईजी सरुवाको तयारी अन्तिम कुन प्रदेशमा को डिआइजी आउने ?

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ । प्रदेश प्रहरी प्रमुख रहेका सात जना तथा र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजी सहकुल थापाको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य सुरु गरेको हो ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पदस्थापन गरिएको थियो । जसअनुसार केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गर्ने तयारी गरिएको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसिको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा, दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी गरिएको छ । एक नम्बर प्रदेशका डीआईजी ईश्वरबाबू कार्कीलाई प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालय प्रमुखको जिम्मेवारीमा ल्याउने तयारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालका कर्णाली प्रदेशका डीआईजी बसन्तकुमार पन्त वा प्रवन्ध निर्देशनालयका डीआईजी पुरुषोत्तम कंडेललाई पठाउने बिषयमा गृहकार्य भइरहेको बुझिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा गर्ने तयारी छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐर र डीआईजी मुकुन्द आचार्य मध्ये एकलाई पठाउने तयारी भएको गृह निकट स्रोतले बतायो ।

कर्णाली प्रदेशमा डीआईजी प्रकाश अधिकारी र सुदुरपश्चिम प्रदेशमा डीआईजी डा. देवबहादुर बोहरालाई पठाउने तयारी भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् । स्रोतका अनुसार सिआईबीको नेतृत्वमा डीआईजी उत्तमराज सुवेदीको सरुवा हुने सम्भावना देखिएको छ । डीआईजीहरु घनश्याम अर्याल, धिरजप्रताप सिंह र बसन्तकुमार लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा हुने छाँटकाट देखिएको छ । उता लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र बहादुर धानुकलाई विशेष ब्यूरोको जिम्मेवारी लगभग पक्का जस्तै भएको छ । कान्तिपथबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]