०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

राप्ती नदिमा दोहन जेसिबी टिप्पर ट्याक्टरको मेला सेटिङमा सिडिओ मुकदर्शक ?

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८


(ABC-Sanchar)
बाँके । खुलेआम खोला दोहनमा होडबाजी चलेको छ । स्थानीय सरकार, सिडिओ, प्रहरी र दोहनमा सक्रिय व्यक्तिको गतिलै सेटिङ खुलेआम भैरहेको छ । खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ ।

 

राप्ती नदी किनारमा सातादेखि डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती देखिएको छ । खोला धमिलो हुने गरी पानीको सतहसम्मै पुगेर खोला, नदी गहिरो बनाउँदै नदीजन्य सामग्री निकाल्ने काममा ‘स्थानीय डन’ हरू खटिएका छन । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनले सामान्य अनुगमन समेत गरेका छैनन ।

राप्ती र भेरी तथा बबई नदी किनारमा दैनिक सयौं युवाले अवैध एक्स्काभेटर र टिपरलाई सुरक्षा दिने गरेका छन । स्थानीय र सरोकारवालाले अवरोध गर्न थालेपछि खोला दोहन गर्ने समूहले टोली नै खटाएर सुरक्षा दिन थालेको हो । स्थानीय तहका प्रतिनिधि र प्रहरी भने खोला सुरक्षामा कतै देखिँदैनन ।

आयोजनाको नाममा स्थानीय तहका जनप्रतिनिधिकै हस्ताक्षरको भरमा वातावरणीय प्रभाव मूल्यांकन परीक्षण समेत नगरी लाखौं घनमिटरको परिमाणमा निकासी भइरहेको छ । आयोजनाका नाममा उत्खनन गरिएको ढुंगा र गिट्टी ठूलो फरिणाममा स्थानीय त्रेसर उद्योगमा जाने गरेको खुलेको छ । गाउँपालिका र जिससले मापदण्ड पूरा गरेको दाबी गरे पनि धेरै स्थानमा वातावरणीय प्रभाव परीक्षण समेत भएको छैन ।

अहिलेसम्म ढुंगा र गिट्टी निकाल्न भन्दै कोही परीक्षणका लागि नआएको राप्ती नदी किनारका स्थानीय बताउँछन । राप्तीबाट मात्रै दैनिक १ सय टिपरले माल ओसारेको ओसारै छन । वातावरणीय प्रभाव मूल्यांकनअनुसार अहिले उत्खनन भइरहेको क्षेत्रमा १ दशमलव ८० देखि २ दशमलव २० मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्छ ।

त्यस्तै, २० देखि ६० मिटर चौडाइ र झन्डै एक किलोमिटर लम्बाइमा उत्खनन गर्न सकिन्छ । तर, अहिले सरकारी निकायको अनुगमन अभावमा खोला तीन मिटरसम्म गहिराइमा पुगेको छ । दुई किलोमिटरभन्दा बढी लम्बाइमा लस्करै ठेकेदारले सामान निकाल्ने गरेका छन ।

अनियन्त्रित ढुंगा र गिट्टी निकासीले राप्ती नदी गहिरिँदै गएर आसपासको बस्ती र जमिन जोखिममा परेको छ ।
(अनलाईन खबरबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!