२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

साविकका गाविस सचिवहरु विरुद्ध लाखौंको भ्रष्टाचार मुद्दा

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

(ABC-Sanchar)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको अमलेखगञ्ज गाविस हाल जीतपुर सिमरा उपमहानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७०/०७१ र २०७१/७२ मा गाविसमा सञ्चालित योजनाहरूमा वास्तविक खर्च भन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा झाविरुद्ध पौने तीन लाखको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

झाले आयव्यय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमानी ढङ्गले गाउँ परिषद् नभएको, योजना उपभोक्ता समिति गठन नगरी किर्ते बिल बनाई सहिछाप गरी रकम निकासी गरी भ्रष्टाचार गरेको भन्ने आयोगमा उजुरी परेको थियो ।

आयोगले अनुसन्धान गर्दा झाले कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा एक लाख ३४ हजार दुई सय पैँतिस रुपैयाँ बढी भुक्तानी गरेको देखिएको छ ।

यसै गरी सोही गाविसमा लक्षित वर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखा परीक्षण प्रतिवेदनअनुसार निकासा भएको देखिएको दुई लाख ९१ हजार खर्च गरेको देखिएतापनि सो खर्चमध्ये एक लाख ४७ हजार पाँच सय को बिल भरपाई पेस गरेको नदेखिएको आयोगको दाबी छ ।

झाले गाविसमा सञ्चालित योजनाहरूमा मढी मूल्याङ्कन गराई बदनियतपूर्ण ढङ्गले दुई लाख ८१ हजार सात सय ३५ रुपैयाँ वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको आयोगले जनाएको छ ।

झालाई प्रमाण पुष्टि हुन आएको दुई लाख ८१ हजार सात सय ३५ रुपैयाँ २९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ अनुसार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।