०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

कञ्चनपुरमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुर प्रहरीले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङ पक्राउ परेका हुन्।

गुरुङमाथि एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ। उनले बालिकालाई फकाएर जबरजस्ती करणी गरेको बताइएको छ।

बालिकालाई फकाएर जबरजस्ती करणी गरेको भन्ने खबर आएपछि आइतबार राति गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

बालिकाको स्वास्थ्य परीक्षण भइसकेको उनले बताए। पक्राउ परेको गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

error: Content is protected !!