१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कञ्चनपुरमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुर प्रहरीले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङ पक्राउ परेका हुन्।

गुरुङमाथि एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ। उनले बालिकालाई फकाएर जबरजस्ती करणी गरेको बताइएको छ।

बालिकालाई फकाएर जबरजस्ती करणी गरेको भन्ने खबर आएपछि आइतबार राति गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

बालिकाको स्वास्थ्य परीक्षण भइसकेको उनले बताए। पक्राउ परेको गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

(एबिसि संचार ) कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्। 

(एबिसि संचार ) कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ। डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।