०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या श्रीमतीसहित १० जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०१, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या, श्रीमतीसहित १० जना पक्राउ
कपिलबस्तु ३१ जेठ । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका– ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । महिमाले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी थिइन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए । ‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका– २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्याका लागि सुपारी लिने, हतियार खरिद–बिक्री तथा ओसारपोसार गर्ने र अभियुक्तलाई संरक्षण गर्ने ७ जनाको पहिचान भएको छ । उनीहरू कपिलवस्तु नगरपालिका–१ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका–२ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका–४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा गाउँपालिका–४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका–५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका–१ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका–२ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् ।

नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहित संलग्न सबै ९ जना पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!