०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

दाङमा लकडाउन असार ७गतेसम्म सरकारी कार्यालय ३ घन्टा खुल्ने

Logo
प्रकाशित मंगलबार, आषाढ ०१, २०७८


(सागर थापा)
दाङ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउदै असार ८ गते सम्म जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडे्लले जानकारी दिनुभएको छ ।

बैठकले ब्यबसाय बिहान ६ बजेदेखी १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखी १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल ब्यबसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्ने पनि निर्णय गरेको छ ।

बैंक तथा बित्तीय सस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथाबत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभएको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी भनेर गएको बैशाख १७ गतेदेखी निषेधाज्ञा जारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

error: Content is protected !!