२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कर्णालीमा पानीको सतह बढ्यो बाढी आउने सचेत हुन प्रशासनको अपिल

Logo
प्रकाशित मंगलबार, आषाढ ०१, २०७८


(ABC-Sanchar)
धनगढी । कर्णाली नदीमा पानीको सतह बढेपछि राजापुर नगरपालिकाका नदीतटीय क्षेत्रमा बाढी आउने सम्भावना बढेको छ । सोमबारदेखि निरन्तर परेको वर्षापछि कर्णाली नदीमा पानीको बहाब बढेको छ ।

नदीको बहावले राजापुर नगरपालिका–१ तिउनी घाट स्थित कटान गरेको छ । तटबन्धनको कार्य समयमा सम्पन्न नहुँदा नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन् । नदीले गरेको कटान र बाढीको स्थिती अवलोकन गर्न नगरप्रमुख शिव प्रसाद चौधरी लगायत, सुरक्षा निकाय, ईलाका प्रशासनका पदाधिकारी आज तिउनी घाट पुगेका थिए ।

कर्णाली नदीको सतह बढेसँगै सोक्षेत्र बाढी आउने सम्भावना रहेको छ ।

जिल्लामा ०७१ सालमा आएको बाढी जस्तै फेरी आउने हो की भनेर नदी तटीय क्षेत्र बास्तीका मानिसहरु त्रसित छन् । नदी तटीय क्षेत्रका बासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।