०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

कर्णालीमा पानीको सतह बढ्यो बाढी आउने सचेत हुन प्रशासनको अपिल

Logo
प्रकाशित मंगलबार, आषाढ ०१, २०७८


(ABC-Sanchar)
धनगढी । कर्णाली नदीमा पानीको सतह बढेपछि राजापुर नगरपालिकाका नदीतटीय क्षेत्रमा बाढी आउने सम्भावना बढेको छ । सोमबारदेखि निरन्तर परेको वर्षापछि कर्णाली नदीमा पानीको बहाब बढेको छ ।

नदीको बहावले राजापुर नगरपालिका–१ तिउनी घाट स्थित कटान गरेको छ । तटबन्धनको कार्य समयमा सम्पन्न नहुँदा नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन् । नदीले गरेको कटान र बाढीको स्थिती अवलोकन गर्न नगरप्रमुख शिव प्रसाद चौधरी लगायत, सुरक्षा निकाय, ईलाका प्रशासनका पदाधिकारी आज तिउनी घाट पुगेका थिए ।

कर्णाली नदीको सतह बढेसँगै सोक्षेत्र बाढी आउने सम्भावना रहेको छ ।

जिल्लामा ०७१ सालमा आएको बाढी जस्तै फेरी आउने हो की भनेर नदी तटीय क्षेत्र बास्तीका मानिसहरु त्रसित छन् । नदी तटीय क्षेत्रका बासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा […]

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

error: Content is protected !!