२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

हिजो राप्ती नदीमा फसेका ४ जनाको १२ घण्टापछि उद्धार

Logo
प्रकाशित बुधबार, आषाढ ०२, २०७८

(ABC-Sanchar)
दाङ । राप्ती नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारजनाको सकुशल उद्धार भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेकाहरुको उद्धार गरेको हो ।

दाङको लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको झण्डै १२ घण्टापछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनु भएको छ ।

‘भैँसी चराउन गएको बेला राप्तीमा भेल बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन्। लगत्तै उद्धारको प्रयास सुरु भयो’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नु भयो, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार थालियो । तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]