२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

हिजो राप्ती नदीमा फसेका ४ जनाको १२ घण्टापछि उद्धार

Logo
प्रकाशित बुधबार, आषाढ ०२, २०७८

(ABC-Sanchar)
दाङ । राप्ती नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारजनाको सकुशल उद्धार भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेकाहरुको उद्धार गरेको हो ।

दाङको लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको झण्डै १२ घण्टापछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनु भएको छ ।

‘भैँसी चराउन गएको बेला राप्तीमा भेल बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन्। लगत्तै उद्धारको प्रयास सुरु भयो’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नु भयो, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार थालियो । तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!