०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

डीआईजी हरुको सरुवा लुम्बिनी प्रदेशमा थापा महानगरीय प्रहरी रानीपोखरीमा सिंह

Logo
प्रकाशित बिहिबार, आषाढ ०३, २०७८

(सागर थापा)
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलिले खगराज अधिकारी गृहमन्त्रीमा नियुक्ति गरेपछी लामो समय देखि रोकिएको नेपाल प्रहरी डीआईजी को सरुवा सिफारिस भएको छ । गृह मन्त्रालयले ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा सिफारिस गरेको छ ।

धीरज प्रताप सिंह को महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा सरुवाको सिफारीस भएको छ ।

त्यस्तै गरि २ नम्बर प्रदेशमा डीआईजी दिवेश लोहनी, १ नम्बर प्रदेशमा अरुण बिसी, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, लुम्बिनी प्रदेश मा सहकुल थापा , कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देवबहादुर बोहोराको सरुवा को सिफारिस भएको छ ।
सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवाको सिफारिस भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]