२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डीआईजी हरुको सरुवा लुम्बिनी प्रदेशमा थापा महानगरीय प्रहरी रानीपोखरीमा सिंह

Logo
प्रकाशित बिहिबार, आषाढ ०३, २०७८

(सागर थापा)
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलिले खगराज अधिकारी गृहमन्त्रीमा नियुक्ति गरेपछी लामो समय देखि रोकिएको नेपाल प्रहरी डीआईजी को सरुवा सिफारिस भएको छ । गृह मन्त्रालयले ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा सिफारिस गरेको छ ।

धीरज प्रताप सिंह को महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा सरुवाको सिफारीस भएको छ ।

त्यस्तै गरि २ नम्बर प्रदेशमा डीआईजी दिवेश लोहनी, १ नम्बर प्रदेशमा अरुण बिसी, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, लुम्बिनी प्रदेश मा सहकुल थापा , कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देवबहादुर बोहोराको सरुवा को सिफारिस भएको छ ।
सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवाको सिफारिस भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]