२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीको फोटो राखेर को को गयो क्लब हाउसमा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

(दीपक राज जोशी)
टोकियो । भर्खरमात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नयाँ अकाउन्ट खोल्नेहरु क्लबहाउतिर धाइरहेका छन् ।
यसैबीच एउटा क्लबहाउसको क्लबमा प्रहरीको पोशाक र फोटोलाई प्रोफाइल बनाएर छलफल गरिरहेको पाइएको छ । आखिर को हुन त उनीहरु ? उनीहरुका सक्कली प्रहरी त पक्कै होइनन् । प्रहरीले यसबारेमा खोजी सुरु गरेको छ ।
नेपाल प्रहरीले क्लबहाउसमा प्रहरीको फोटोलाई प्रोफाइल पिक्चर राख्नेमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । क्लबहाउसमा प्रहरी अधिकृतहरुको पोशाकसहितको फोटोलाई आफ्नो प्रोफाइल पिक्चर राख्नेहरु माथि प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले प्रहरी अधिकृतको पोशाकसहितको फोटो क्लबहाउसको प्रोफाइलमा राख्नेमाथि छानबिन प्रक्रिया अगाडि बढेको बताए ।
‘हामीलाई पनि बल्ल जानकारी आयो । यसमा हाम्रो ध्यानाकर्षण भएको छ । आवश्यक छानबिनमा लागेका छौं,’ एसएसपी कुँवरले आइसिटी समाचारसँग भने, ‘यो साइबर सम्बन्धि अपराध हो । प्रक्रिया शुरू भएको छ कारबाही हुन्छ ।’
केहो क्लबहाउस ?
क्लबहाउस भ्वाइस च्याटिङ एप हो। एन्ड्रोइड र आईओएसका दुवैमा उपलब्ध छ। यो पूर्ण रुपले अडियो एप हो । यो एपमा केही पनि सेभ हुँदैन् । पछि गएर प्ले गर्छु भनेर यो एपमा गर्न मिल्दैन् ।
यो एपमा प्रयोगकर्ताहरुले विभिन्न छलफल होस्ट गर्ने वा छलफलमा भाग लिन सक्छन् । एप खोलेपछि प्रयोगकर्ताहरु विभिन्न रुमहरुको सूची नै पाउनसक्नेछन ।
ती रुमहरुमा जोइन गर्न पनि सकिनेछ वा आफ्नै रुम बनाउन पनि सकिन्छ । हरेक रुममा भिन्दाभिन्दै विषयहरुमा छलफल गरिन्छ र धेरैजसो समय ती रुमहरु कुनै विषयको विज्ञलेनै होस्ट गर्ने गर्दछन् । यसमा कुनै भिडियो वा पिक्चर हुँदैन् र टेक्स्ट पनि एकदमै विरलै हुने गर्दछ ।
क्लबहाउस मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो । सुरुमा यो एपलाई उद्यम पूञ्जीपतिहरुले मात्रै चलाउने गर्दथे तर मस्क, बिलगेट्स जस्ता प्रख्यात व्यक्तित्वहरुले पनि यो एप चलाउन थाले देखि क्लबहाउस चर्चित बन्दै गईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!