२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

राप्तीमा बाढीको उच्च जोखिम सशस्त्र प्रहरीको पूर्व तयारी तीब्र

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८


(महेन्द्र सिंह)
बाँके । लगातारको वर्षाका कारण बाँके जिल्लका राप्ती नदी तथा खोलामा बाढी आएको छ ।

मनसुन सक्रिय नै रहेकाले जिल्ला भरि नै ठाउँमा पानी परिरहेको छ । जसका कारण ठूला तथा साना नदी, खोलामा पानीको बहाव निकै बढिरहेको छ । जिल्लाको राप्ती नदीको पानीको सतह उच्च रहेको छ । जिल्लाको राप्ती तथा अन्य सहायक नदीहरुमा बाढी आउन सक्ने जिल्लाका सरोकारवालाहरुले चेतावनी दिएका छन् ।

सबै खोलानालाहरुमा पानीको बहाब बड्दै गएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख बिनोद पराजुलीले बताएका छन् । अहिलेसम्म जिल्लामा कुनै पनि खतरा नभए पनि उच्च सतर्कता अपनाउन जरुरी रहेको पराजुली बताउँछन् । बिहीबार जिल्लका सरोकारवालाहरुको एक टोलीले बाँकेको राप्ती नदी आसपास क्षेत्रको अनुगमन गरेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा बाढीजन्य विपदको पूर्व तयारीका सन्दर्भमा जिल्ला विपद व्यवस्थापन समिति बाँके र स्थानिय पालिकाको विपद व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग समन्वयात्मक छलफल गरेको छ ।
जिल्ला प्रशासन बाँके पालिका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, नेपाल रेडक्रस बाँकेका सभापति, जल–मौसम कार्यालय कोहलपुर प्रमुख, बी ग्रुपका पदाधिकारी, संचारकर्मी लगायतले राप्ती आसपासका क्षेत्रको अनुगमन गर्दै पूर्व तयारीका विषयमा छलफल गरेको छ । राप्ती सोनारी गाउपालिकामा राप्ती नदिले पार्न सक्ने जोखिमका विषयमा छलफल गरिएको छ । लगातारको वर्षापछि राप्ती नदी आसपासका बासिन्दा त्रसित छन् । दुई दिनदेखि लगातार बर्षा भएर राप्ती नदीमा पानीको बहाब बढेपछि राप्ती नदी आसपासका बासिन्दा असुरक्षित बन्दै गएका छन् ।

दुई दिनदेखि भइरहेको लगातारको वर्षाले राप्ती नदीमा बाढी आउन थालेको छ । बाँकेमा राप्ती नदीका कारण राप्तीसोनारीका खल्ला झगडिया, बसन्तापुर, भवानियापुर, पहाडीपुर, देउपुरा, टेपरी, ढलैया, पिप्रहवा, गेन्दवा, सोनपुर, सैयापुर, लालपुर, नन्कौपुर, सर्रा लगायतका गाउँ डुबानमा पर्दै आएका छन् । यस्तै नरैनापुरको भगवानपुर, जमुनाहा गाउँ, सोनबर्षा, कुदरबेटवा, भोजभगवानपुर गंगापुर, लगायतका गाउँ बर्सेनि डुबानको उच्च जोखिममा रहेका छन् । बाढीको खतरा उच्च रहेपछि उत्रिने सशस्त्र प्रहरी बिपदको पूर्व तयारी गर्दै हाइअलर्टमा रहेको छ ।

राप्ती तटिय क्षेत्रमा बाढी आएपछि त्यसबाट धनजनको क्षति हुन नदिन आफूहरु तयारी अवस्थामा सशस्त्र प्रहरीले जनाएको छ । सम्शेरगन्जमा गोताखोरसहितको विपद व्यवस्थापन टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले बताए । बाढी आएपछि उद्धार तथा सुरक्षित बासस्थानका लागि सम्पूर्ण तयारी पूरा भएको बलमे बताए । ब्मका अनुसार उद्धारकर्ताका लागि लाइफ ज्याकेट, स्ट्रेचर, रबरको डुंगा, काठको डुंगा, ट्युब, डोरी, बेल्चा, फरुवा, हेल्मेट, साइरन, रेनकोट, त्रिपाल, टर्चलगायत सामग्री तयारी अवस्थामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!