०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

राप्तीमा बाढीको उच्च जोखिम सशस्त्र प्रहरीको पूर्व तयारी तीब्र

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८


(महेन्द्र सिंह)
बाँके । लगातारको वर्षाका कारण बाँके जिल्लका राप्ती नदी तथा खोलामा बाढी आएको छ ।

मनसुन सक्रिय नै रहेकाले जिल्ला भरि नै ठाउँमा पानी परिरहेको छ । जसका कारण ठूला तथा साना नदी, खोलामा पानीको बहाव निकै बढिरहेको छ । जिल्लाको राप्ती नदीको पानीको सतह उच्च रहेको छ । जिल्लाको राप्ती तथा अन्य सहायक नदीहरुमा बाढी आउन सक्ने जिल्लाका सरोकारवालाहरुले चेतावनी दिएका छन् ।

सबै खोलानालाहरुमा पानीको बहाब बड्दै गएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख बिनोद पराजुलीले बताएका छन् । अहिलेसम्म जिल्लामा कुनै पनि खतरा नभए पनि उच्च सतर्कता अपनाउन जरुरी रहेको पराजुली बताउँछन् । बिहीबार जिल्लका सरोकारवालाहरुको एक टोलीले बाँकेको राप्ती नदी आसपास क्षेत्रको अनुगमन गरेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा बाढीजन्य विपदको पूर्व तयारीका सन्दर्भमा जिल्ला विपद व्यवस्थापन समिति बाँके र स्थानिय पालिकाको विपद व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग समन्वयात्मक छलफल गरेको छ ।
जिल्ला प्रशासन बाँके पालिका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, नेपाल रेडक्रस बाँकेका सभापति, जल–मौसम कार्यालय कोहलपुर प्रमुख, बी ग्रुपका पदाधिकारी, संचारकर्मी लगायतले राप्ती आसपासका क्षेत्रको अनुगमन गर्दै पूर्व तयारीका विषयमा छलफल गरेको छ । राप्ती सोनारी गाउपालिकामा राप्ती नदिले पार्न सक्ने जोखिमका विषयमा छलफल गरिएको छ । लगातारको वर्षापछि राप्ती नदी आसपासका बासिन्दा त्रसित छन् । दुई दिनदेखि लगातार बर्षा भएर राप्ती नदीमा पानीको बहाब बढेपछि राप्ती नदी आसपासका बासिन्दा असुरक्षित बन्दै गएका छन् ।

दुई दिनदेखि भइरहेको लगातारको वर्षाले राप्ती नदीमा बाढी आउन थालेको छ । बाँकेमा राप्ती नदीका कारण राप्तीसोनारीका खल्ला झगडिया, बसन्तापुर, भवानियापुर, पहाडीपुर, देउपुरा, टेपरी, ढलैया, पिप्रहवा, गेन्दवा, सोनपुर, सैयापुर, लालपुर, नन्कौपुर, सर्रा लगायतका गाउँ डुबानमा पर्दै आएका छन् । यस्तै नरैनापुरको भगवानपुर, जमुनाहा गाउँ, सोनबर्षा, कुदरबेटवा, भोजभगवानपुर गंगापुर, लगायतका गाउँ बर्सेनि डुबानको उच्च जोखिममा रहेका छन् । बाढीको खतरा उच्च रहेपछि उत्रिने सशस्त्र प्रहरी बिपदको पूर्व तयारी गर्दै हाइअलर्टमा रहेको छ ।

राप्ती तटिय क्षेत्रमा बाढी आएपछि त्यसबाट धनजनको क्षति हुन नदिन आफूहरु तयारी अवस्थामा सशस्त्र प्रहरीले जनाएको छ । सम्शेरगन्जमा गोताखोरसहितको विपद व्यवस्थापन टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले बताए । बाढी आएपछि उद्धार तथा सुरक्षित बासस्थानका लागि सम्पूर्ण तयारी पूरा भएको बलमे बताए । ब्मका अनुसार उद्धारकर्ताका लागि लाइफ ज्याकेट, स्ट्रेचर, रबरको डुंगा, काठको डुंगा, ट्युब, डोरी, बेल्चा, फरुवा, हेल्मेट, साइरन, रेनकोट, त्रिपाल, टर्चलगायत सामग्री तयारी अवस्थामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!