०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

कैलालीका नदीहरुमा (डल्फिन) माछाहरु देखिन थाले

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८


(सर्मिला बोगटी)
धनगढी । वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन् । वर्षेनी बर्षातका समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन देखिने गर्दछ । यही असारदेखि असोज महिनासम्म डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालका महासचिब जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले यस वर्ष अहिलेसम्म दुई-दुई भाले, पोथी तथा दुई बच्चा डल्फिन देखिएको बताउनुभयो ।

“पानीको सतह बढ्दै गएपछि डल्फिन देखिन थालेका हुन् ।” उहाँले भन्नुभयो, “अब असोजसम्म डल्फिन देख्न सकिन्छ । विशेषगरी प्रजनन्का लागि डल्फिन वर्षातको समयमा यहाँ आउने गर्दछ ।”
कोरोनाको महामारी फैलिनुभन्दा अगाडि आन्तरिक र बाह्य पर्यटक डल्फिन अवलोकनका लागि आउने गर्दथे । निषेधाज्ञाले डल्फिन क्षेत्रलाई पनि प्रभावित बनाएको छ । केही आन्तरिक तथा स्थानीय पर्यटक डल्फिन अवलोकनका लागि जाने बाह्य देशबाट आउने पर्यटकहरू आउन छोडेका छन् ।

डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिकाको वडा नं। ७ मा दुई भ्युटावर, भजनी नगरपालिकाको वडा नं। ३ मा एक भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएका छन् । प्रदेशसभा सदस्य रणबहादुर रावलले टावर निर्माणमा सहयोग गर्नुभएको थियो । महासचिव ढुङ्गानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणाधीन रहेको बताउनुभयो । डल्फिन अवलोकनार्थ दुई डुंगासमेत रहेको छ ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाका अनुसार जथाभावि नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठूला ड्याम संरचना निर्माणले संरक्षणमा चुनौती थपिएको जानकारी दिनुभयो । उहाँले संरक्षणका लागि आफूहरुको प्रयासहरु जारी रहे पनि सरकारी निकायको भने त्यसमा चासो गइनसकेको बताउनुभयो ।

डल्फिन क्षेत्रको विकास र प्रचार–प्रसारका लागि स्थानीय सरकार हुँदै प्रदेश र केन्द्र सरकारलाई कैयौं पटक आग्रह गरेका छौंँ । कतैबाट पनि डल्फिन क्षेत्रको विकासका लागि पहल हुन सकेन ।” उहाँले भन्नुभयो, “डल्फिन क्षेत्रको राम्रो प्रचार–प्रसार भएको अवस्थामा पर्यटकीय गन्तव्य बन्न सक्छ । स्थानीय सरकारको आयस्रोतका लागि पनि डल्फिन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

पर्यटकीय रुपमा मात्र नभई धार्मिक रुपमा पनि सो क्षेत्रले सम्भावना बोकेका छ । त्रिबेणी धामको रुपमा पनि विकास गर्न सकिने उहाँले बताउनुभयो । अहिले सो क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाइ आयोजनाले नदीमा डल्फिनमैत्री तटबन्ध निर्माण गर्दै आएको छ । टीकापुर नगरपालिकाको क्षेत्रभित्रको काम आयोजनाले सम्पन्न गरिसकेको छ भने भजनी क्षेत्रमा काम भैरहेको छ ।

सो क्षेत्रको प्रचार–प्रसारका लागि जिल्ला समन्वय समिति कैलाली र कैलाली होटल व्यवसायी सङ्घले डल्फिन महोत्सव समेत आयोजना गरेका थिए । गत वर्षको तथ्याङ्क हेर्दा १२ विदेशी पर्यटक र एक हजार २ सय आन्तरिक पर्यटकले डल्फिन क्षेत्रको अवलोकन गरेका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!