२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

कैलालीका नदीहरुमा (डल्फिन) माछाहरु देखिन थाले

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८


(सर्मिला बोगटी)
धनगढी । वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन् । वर्षेनी बर्षातका समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन देखिने गर्दछ । यही असारदेखि असोज महिनासम्म डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालका महासचिब जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले यस वर्ष अहिलेसम्म दुई-दुई भाले, पोथी तथा दुई बच्चा डल्फिन देखिएको बताउनुभयो ।

“पानीको सतह बढ्दै गएपछि डल्फिन देखिन थालेका हुन् ।” उहाँले भन्नुभयो, “अब असोजसम्म डल्फिन देख्न सकिन्छ । विशेषगरी प्रजनन्का लागि डल्फिन वर्षातको समयमा यहाँ आउने गर्दछ ।”
कोरोनाको महामारी फैलिनुभन्दा अगाडि आन्तरिक र बाह्य पर्यटक डल्फिन अवलोकनका लागि आउने गर्दथे । निषेधाज्ञाले डल्फिन क्षेत्रलाई पनि प्रभावित बनाएको छ । केही आन्तरिक तथा स्थानीय पर्यटक डल्फिन अवलोकनका लागि जाने बाह्य देशबाट आउने पर्यटकहरू आउन छोडेका छन् ।

डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिकाको वडा नं। ७ मा दुई भ्युटावर, भजनी नगरपालिकाको वडा नं। ३ मा एक भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएका छन् । प्रदेशसभा सदस्य रणबहादुर रावलले टावर निर्माणमा सहयोग गर्नुभएको थियो । महासचिव ढुङ्गानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणाधीन रहेको बताउनुभयो । डल्फिन अवलोकनार्थ दुई डुंगासमेत रहेको छ ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाका अनुसार जथाभावि नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठूला ड्याम संरचना निर्माणले संरक्षणमा चुनौती थपिएको जानकारी दिनुभयो । उहाँले संरक्षणका लागि आफूहरुको प्रयासहरु जारी रहे पनि सरकारी निकायको भने त्यसमा चासो गइनसकेको बताउनुभयो ।

डल्फिन क्षेत्रको विकास र प्रचार–प्रसारका लागि स्थानीय सरकार हुँदै प्रदेश र केन्द्र सरकारलाई कैयौं पटक आग्रह गरेका छौंँ । कतैबाट पनि डल्फिन क्षेत्रको विकासका लागि पहल हुन सकेन ।” उहाँले भन्नुभयो, “डल्फिन क्षेत्रको राम्रो प्रचार–प्रसार भएको अवस्थामा पर्यटकीय गन्तव्य बन्न सक्छ । स्थानीय सरकारको आयस्रोतका लागि पनि डल्फिन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

पर्यटकीय रुपमा मात्र नभई धार्मिक रुपमा पनि सो क्षेत्रले सम्भावना बोकेका छ । त्रिबेणी धामको रुपमा पनि विकास गर्न सकिने उहाँले बताउनुभयो । अहिले सो क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाइ आयोजनाले नदीमा डल्फिनमैत्री तटबन्ध निर्माण गर्दै आएको छ । टीकापुर नगरपालिकाको क्षेत्रभित्रको काम आयोजनाले सम्पन्न गरिसकेको छ भने भजनी क्षेत्रमा काम भैरहेको छ ।

सो क्षेत्रको प्रचार–प्रसारका लागि जिल्ला समन्वय समिति कैलाली र कैलाली होटल व्यवसायी सङ्घले डल्फिन महोत्सव समेत आयोजना गरेका थिए । गत वर्षको तथ्याङ्क हेर्दा १२ विदेशी पर्यटक र एक हजार २ सय आन्तरिक पर्यटकले डल्फिन क्षेत्रको अवलोकन गरेका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिएका हुन् । नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

error: Content is protected !!