२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

गढवा प्रहरीले २६ थान काठ सहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना प्रहरी टोली खटिएर कोइलाबासदेखि गढवा तर्फ आउँदै गरेको भे.१च.१८२१नं.को बोलेरो पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अवैध साल जातको २६ थान घप्पु ४५.४९ क्यु फिट काठ र चार जना तस्करलाई गाडी सहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनु भएको हो ।त्यस्तै पक्राउ पर्नेहरुमा गाडी चालक जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २१ को महेश पुन,सो स्थानमै बस्ने वर्ष २८ को बसन्त क्षेत्री,सोही वडामा बस्ने वर्ष २२ को बिनोद पुन,उक्त वडामै बस्ने वर्ष २८ को सुशिल घर्तिमगर रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनु भयो । त्यस्तै पक्राउ परेका चार जनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।