०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

गढवा प्रहरीले २६ थान काठ सहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना प्रहरी टोली खटिएर कोइलाबासदेखि गढवा तर्फ आउँदै गरेको भे.१च.१८२१नं.को बोलेरो पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अवैध साल जातको २६ थान घप्पु ४५.४९ क्यु फिट काठ र चार जना तस्करलाई गाडी सहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनु भएको हो ।त्यस्तै पक्राउ पर्नेहरुमा गाडी चालक जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २१ को महेश पुन,सो स्थानमै बस्ने वर्ष २८ को बसन्त क्षेत्री,सोही वडामा बस्ने वर्ष २२ को बिनोद पुन,उक्त वडामै बस्ने वर्ष २८ को सुशिल घर्तिमगर रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनु भयो । त्यस्तै पक्राउ परेका चार जनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!