ABC (क्राईमबिट)
कपिलवस्तु । विजयनगर गाउँपालिका-७ गेरुवा जोतस्थित सगुनधारीबाट बुधबार सशस्त्र प्रहरीले करीब २ लाख २९ हजार रुपैयाँ बराबरको करीव ६५ क्यूफिट सिसौको गोलिया काठ बरामद गरेको छ ।
लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुरमा बुझाईको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले बुधबार करीब १ लाख ४१ हजार रुपैयाँ बराबरको करीव ८१ क्यूफिट सालको चिरान काठ बरामद गरेको छ ।
लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ११ स्थित छोटी दोभानबाट बरामद गरेको हो ।
बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मीनियामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।