०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

अनुसन्धानमा अब्बल एसपी नवराज अधिकारी सम्मानित

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८


ABC (क्राईमबिट)
कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुुका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारी नगदसहित पुरस्कृत भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । उनिहरुलाई एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले सम्मानित गरेका हुन् ।
यही जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले २५ दिन लामो अनुसन्धानबाट गएको सोमबार उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो । घटनामा ११ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट पेस्तोल र ६८ राउन्ड गोली समेत बरामद भएको थियो ।
अनुसन्धानमा गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!