०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

अनुसन्धानमा अब्बल एसपी नवराज अधिकारी सम्मानित

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८


ABC (क्राईमबिट)
कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुुका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारी नगदसहित पुरस्कृत भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । उनिहरुलाई एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले सम्मानित गरेका हुन् ।
यही जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले २५ दिन लामो अनुसन्धानबाट गएको सोमबार उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो । घटनामा ११ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट पेस्तोल र ६८ राउन्ड गोली समेत बरामद भएको थियो ।
अनुसन्धानमा गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा […]

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

error: Content is protected !!