(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका १५ सिद्धरत्न टोलको सडकमा बेवारिसे अवस्थामा अन्दाजी बर्ष २७ का आफ्नो नाम भन्न नसक्ने एक मनोरोगि युवाकलाई उक्त टोलका अध्यक्ष श्री टोपेन्द्र न्यौपानेको रोहवरमा तथा अन्य टोल बासीको उपस्थितिमा र मानव कल्याण समाज सेवा घरका अभियान्ता हरुको पहलमा उद्दार गरि सेवा घरमा ल्याइएको छ ।
मानवीय कल्याणकारी कार्यमा सहजता प्रदान गर्दै हामीलाई अझै खुशीसाथ सेवामा लाग्न प्रेरणा उर्जा थपिदिनुहुने सम्पुर्ण प्रति मानव समाज कल्याण दाङले सबैमा हार्दिक आभार व्यक्त गरेका छन । साथै उक्त युवकको घर परिवार खोजी कार्यमा सहयोग पुर्याउनु हुन सबैमा हार्दिक अनुरोध गरेका छ्न ।