०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

ईलाका प्रहरी जमुनाहा नाकाको नयाँ इन्चार्जमा सन्तोष खनाल

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगन्जको सिमा जमुनाहा नाका पश्चिम नेपालको ठुलो व्यवसायिक नाका हो । यहाँ यो नाका भएर दैनिक १० हजार बढी नागरिकहरू भारतको रूपैडिया बजारमा बजार गर्न जाने गरेका छन् । अहिले लकडाउनका कारण यो नाकामा अलि कमै चलपहल देखिने गरेको छ ।
यहाँको सुरक्षा व्यवस्थापनमा बाँके प्रहरी सधैं संवेदनशिल भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना बताउँछन् । आगामी दिनमा पनि जमुनाहा क्षेत्रको सुरक्षा व्यवस्थापनमा कमी आउन नदिने उनको भनाई छ ।

यसअघि बिष्णु गिरीले कमाण्ड गरेको जुमनाहा क्षेत्रमा यति बेला प्रहरी वृत्तमा एकदमै इमान्दार र क्षमतावानका रूपमा चिनिएका सई सन्तोष खनाल आएका छन् ।

मानव बेचबिखनदेखि लिएर चोरी, तस्करी हुने नाकाको रुपमा मुख्य केन्द्रबिन्दु मानिएको जमुनाह नाकामा यी र यस्ता हरेक गतिविधि रोकथाम र नियन्त्रणसँगै यस क्षेत्रका नागरिकको शान्ति सुरक्षालाई प्राथमितामा राखेको जमुनाहा प्रहरीका इन्चार्ज सई सन्तोष खनाल बताउँछन् ।

पहिलो चरणको कोरोना संक्रमणका बेला पनि उत्कृष्ट काम गरे वापत् सम्मानित भैसकेका सई खनाल अहिले पनि कोरोना संक्रमणको समस्यामा त्यसैगरी जुधिरहेका छन् ।

कोभिड नियन्त्रणमा खटिएको भनेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट उत्कृष्ट सईको रुपमा पुरस्कृत भएका खनाल बाँकेको कम्दीबाट शुक्रबार मात्रै जमुनाहामा सरूवा भएका हुन् ।

सामाजिक कार्यमा उत्तिके चासो राख्ने र सहयोगी भूमिका निर्वाह गर्दै आएका सई खनालले जुमनाहामा देखिएका हरेक समसया र नकारात्मक गतिविधिका बारे आफूलाई खबर गरी सुधारका लागि सुझाव समेत दिन हुन अनुरोध गरेका छन् ।

उनले भने- ‘मेरा हरेक कामको आलोचना गर्नुहोस्, जसले मलाई म र मेरो संस्था अनि म मातहतका मेरा साथी भाईलाई सुधार्न र शान्ति सुरक्षामा झन टेवा पु¥याउन सहज होस् ।’

२२ बर्षअघि सिपाहीमा भर्ना भएका खनाल दैलेख, रोल्पा, जाजरकोट, बर्दिया सुर्खेत, लगायतका दर्जन बढी जिल्लामा बसेर प्रशासनिक तथा सुरक्षा व्यवस्थापन सम्बन्धि काम गरिसकेका छन् ।

सधैंभरि विवादमा आउने भन्सार तथा सीमावर्ती क्षेत्रमा चोरी तस्करी, मानव बेचबिखनमा सक्रिय भएर खटिने र उक्त अवैध कार्य नियन्त्रण र रोकथाम गर्न कुनै कसुर नराख्ने उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!