०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

ईलाका प्रहरी जमुनाहा नाकाको नयाँ इन्चार्जमा सन्तोष खनाल

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगन्जको सिमा जमुनाहा नाका पश्चिम नेपालको ठुलो व्यवसायिक नाका हो । यहाँ यो नाका भएर दैनिक १० हजार बढी नागरिकहरू भारतको रूपैडिया बजारमा बजार गर्न जाने गरेका छन् । अहिले लकडाउनका कारण यो नाकामा अलि कमै चलपहल देखिने गरेको छ ।
यहाँको सुरक्षा व्यवस्थापनमा बाँके प्रहरी सधैं संवेदनशिल भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना बताउँछन् । आगामी दिनमा पनि जमुनाहा क्षेत्रको सुरक्षा व्यवस्थापनमा कमी आउन नदिने उनको भनाई छ ।

यसअघि बिष्णु गिरीले कमाण्ड गरेको जुमनाहा क्षेत्रमा यति बेला प्रहरी वृत्तमा एकदमै इमान्दार र क्षमतावानका रूपमा चिनिएका सई सन्तोष खनाल आएका छन् ।

मानव बेचबिखनदेखि लिएर चोरी, तस्करी हुने नाकाको रुपमा मुख्य केन्द्रबिन्दु मानिएको जमुनाह नाकामा यी र यस्ता हरेक गतिविधि रोकथाम र नियन्त्रणसँगै यस क्षेत्रका नागरिकको शान्ति सुरक्षालाई प्राथमितामा राखेको जमुनाहा प्रहरीका इन्चार्ज सई सन्तोष खनाल बताउँछन् ।

पहिलो चरणको कोरोना संक्रमणका बेला पनि उत्कृष्ट काम गरे वापत् सम्मानित भैसकेका सई खनाल अहिले पनि कोरोना संक्रमणको समस्यामा त्यसैगरी जुधिरहेका छन् ।

कोभिड नियन्त्रणमा खटिएको भनेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट उत्कृष्ट सईको रुपमा पुरस्कृत भएका खनाल बाँकेको कम्दीबाट शुक्रबार मात्रै जमुनाहामा सरूवा भएका हुन् ।

सामाजिक कार्यमा उत्तिके चासो राख्ने र सहयोगी भूमिका निर्वाह गर्दै आएका सई खनालले जुमनाहामा देखिएका हरेक समसया र नकारात्मक गतिविधिका बारे आफूलाई खबर गरी सुधारका लागि सुझाव समेत दिन हुन अनुरोध गरेका छन् ।

उनले भने- ‘मेरा हरेक कामको आलोचना गर्नुहोस्, जसले मलाई म र मेरो संस्था अनि म मातहतका मेरा साथी भाईलाई सुधार्न र शान्ति सुरक्षामा झन टेवा पु¥याउन सहज होस् ।’

२२ बर्षअघि सिपाहीमा भर्ना भएका खनाल दैलेख, रोल्पा, जाजरकोट, बर्दिया सुर्खेत, लगायतका दर्जन बढी जिल्लामा बसेर प्रशासनिक तथा सुरक्षा व्यवस्थापन सम्बन्धि काम गरिसकेका छन् ।

सधैंभरि विवादमा आउने भन्सार तथा सीमावर्ती क्षेत्रमा चोरी तस्करी, मानव बेचबिखनमा सक्रिय भएर खटिने र उक्त अवैध कार्य नियन्त्रण र रोकथाम गर्न कुनै कसुर नराख्ने उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!