०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

जिल्ला प्रशासन दाङले गर्‍यो एसपी गणेश चन्दलाई सम्मानित

Logo
प्रकाशित आइतबार, आषाढ ०६, २०७८


(ABC-Sanchar)
दाङ । कोरोना महामारीको समयमा उत्कृट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द सम्मानित हुनुभएको छ । कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गर्ने चंन्द सहति प्रहरीहरुलाई जिल्ला प्रशासन कार्यालय दाङले सम्मान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले आईतवार एक कार्यक्रमको आयोजना गरि एसपी चन्द सहित प्रहरी अधिकृत एवं प्रहरीहरुलाई सम्मान गरेको हो ।

विश्वभर महामारीको रुपमाफैलिएको कोभिड १९ नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न सक्षम भूमीका निर्वाह गरेको र जिल्लामा जारी निषेधाज्ञा कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै एसपी चन्दलाई सम्मान गरिएको छ ।

कोरोना महामारीमा कोरोना संक्रमीतको व्यवस्थापन, बिरामीहरुकोलागी अक्सीजन, सिलिण्डर व्यवस्थापन, संक्रमीतहरुको व्यवस्थापनकोलागि सम्बन्धीत अस्पताल तथा सरोकारवाला निकायहरुसँग महत्वपूर्ण समन्वयात्मक भूमीका निर्वाह गरेकाले उच्च प्रशंसा गर्दै एसपी चन्दलाई सम्मान गरिएको हो ।

आफूलाई सुम्पीएको जिम्मेवारीलाई उच्च प्राथमीकता दिई ईमान्दारिताकासाथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
एसपी चन्दसँगै प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी निरिक्षक झविन्द्र परियार, प्रहरी हवल्दार मानेन्द्र केसी पनि कोरोन महामारी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न भूमीका निर्वाह गरेकाले सम्मान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!