प्रकशित मिति : ६ असार २०७८, आईतवार २०:११

 

(ABC-Sanchar)
काठमाडौं । आज अचानक उनी सङ्ग भेट भयो तर भेट भयो त बस देखादेख !
सम्बन्ध ६ बर्ष अघि नै छुट्टिएको थियो हामी बिचको ! उनको घर काठमांडू थियो ! तर आज उनलाइ अचानक टोकियो सहरमा मा देखे ! उनी बस कुरेर बसेकी रहेछिन ! म मेरो बस्ने ठॉउ बाट काम जादै थिए गाडिमा अनि उनी त्यहि गाडिमा चढिन ! तर गाडिमा सिट प्याक थियो त्यहि भएर उनी अघि तिर नै उभिएर बसिन ! म पछि तिरको सिटमा थिए ! मैले उनलाइ एकोहोरो नजर नजरले हेरि रहेको थिए ! उनले पनि केही छिन पछि मलाईइ देख्न पुगिन सायद मलाइ देख्ने बित्तिकै आँखा तर्काइन !बेला बेला म उनले आँखा तर्काइ तर्काइ हेर्ने गरिन तर म भने उस्लाइ देखे बाट non stop हेरि राको थिए !

अर्को स्टेशनमा गएर म बसेको एउटा सिट खाली भयो ,उनले सिट खाली भको देखेकी थिई तर पनि बस्न आइनिन त्यहि त्यतिकैमा एक जना जापनीज दीदीले सिट खाली छ बस्न जानुस् भन्नू भयो अनि मुसुक्क हास्दै मलाई हेर्दै ठिकै छ दिदी अल्लि पर झर्ने हो भनिन ! मैले पनि उनलाइ बोलाउन सकिन ! बोलाउ त कसरी बोलाउ उनी सङ्ग को सम्बन्ध छुटेको 6 बर्ष भको थियो त्यहि भएर बोलाउने आट गरिन गरे त बस एकोहोरो उस्को नजरमा हेरिरहे !

तिनिले पनि आँखा तर्काइ तर्काइ हेरि राकी थिईन !त्यति चल्दा चल्दै अर्को स्टेशन आयो ! अनि झर्ने तयारी गरिन झर्ने बेला फेरि हेरिन र अन्तत झरिन र म भएको झ्याल साइड मा आएर भनिन”राम्रो सङ्ग जानू है बाइ बाइ भनेर हात हल्लाइन ” अनि म अचम्म मा परे केही बोल्न सकिन हात मात्र हल्लाइ दिए !! उनी आफ्नो बाटो लागिन म भने एकोहोरो उनिलाइ हेरि रहे !!
.
आखिर सम्बन्ध टुटेर ,मरेर गए पनि याद कहिल्लै नमिटिदो रहेछ ! भावना नटुट्दो रहेछ ! अचम्म छ यो सम्बन्ध र याद हरु !!
✍🏻 दीपक राज जोशी/ टोकियो


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com