०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

कृष्णनगरमा भेटियो बाख्रा गोठबाट विभिन्न हातहतियारहरु

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । कृष्णनगर नगरपालिका ८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीन सय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीन वटा जाल प्रहरीले बरामद गरेको हो ।

हातहतियार लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्ज र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा हातहतियार बरामद गरेको हो ।

अस्लम मुसलमानको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!