०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

भिड नियन्त्रण तथा मानव अधिकार बारे प्रहरी कर्मचारीलाई पुनर्ताजगी तालिम दिदै डिएसपी खनाल

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८

(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नो मातहतमा कार्यरत प्रहरी कर्मचारीलाई भिड नियन्त्रण तथा मानव अधिकार बारे पुनर्ताजगी कार्यक्रम अभियान सुरु गरेको छ ।

प्रहरी संगठनमा आवद्ध हुँदा प्रत्यक प्रहरी कर्मचारीले भिड नियन्त्रण तथा मानव अधिकार बारे सजग रहन गरिनु पर्ने तालिम ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना मातहतका कर्मचारीलाई पुन अभ्यास गराइरहेको छ ।

प्रहरीबाट मानव अधिकार रक्षा र प्रवर्द्धनमा कहिँकतै चुक नहोस भन्ने अभिप्रायले प्रेरित रहेर पुनर्ताजगी तालिम गराइएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(डेपुटी सुपरिटेन्डेन्ट अफ पोलिस) रबिन्द्र खनालले बताउनुभयो ।

प्रहरीलाई शान्ती सुरक्षा कायम गर्न गराउन समय परिस्थिति अनुसार भिड नियन्त्रण गर्नु पर्ने र सोही क्रममा जनता र प्रहरीबिचको सम्बन्धपनी मजबुत गराउनुपर्ने दोहोरो भुमिका प्रहरीले खेल्नुपर्ने हुन्छ ।

त्यस्ता खालका परिस्थितिमा मानवअधिकारको रक्षा गर्दै शान्ती सुरक्षा कायम गर्न अत्यावश्यक रहेको तालिम पुन रिहर्सल गराएर ईप्रका कोहलपुर जनताको जीउ-धन तथा मानवाधिकारमा कटिबद्ध छ भन्ने सन्देश दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!