२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भिड नियन्त्रण तथा मानव अधिकार बारे प्रहरी कर्मचारीलाई पुनर्ताजगी तालिम दिदै डिएसपी खनाल

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८

(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नो मातहतमा कार्यरत प्रहरी कर्मचारीलाई भिड नियन्त्रण तथा मानव अधिकार बारे पुनर्ताजगी कार्यक्रम अभियान सुरु गरेको छ ।

प्रहरी संगठनमा आवद्ध हुँदा प्रत्यक प्रहरी कर्मचारीले भिड नियन्त्रण तथा मानव अधिकार बारे सजग रहन गरिनु पर्ने तालिम ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना मातहतका कर्मचारीलाई पुन अभ्यास गराइरहेको छ ।

प्रहरीबाट मानव अधिकार रक्षा र प्रवर्द्धनमा कहिँकतै चुक नहोस भन्ने अभिप्रायले प्रेरित रहेर पुनर्ताजगी तालिम गराइएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(डेपुटी सुपरिटेन्डेन्ट अफ पोलिस) रबिन्द्र खनालले बताउनुभयो ।

प्रहरीलाई शान्ती सुरक्षा कायम गर्न गराउन समय परिस्थिति अनुसार भिड नियन्त्रण गर्नु पर्ने र सोही क्रममा जनता र प्रहरीबिचको सम्बन्धपनी मजबुत गराउनुपर्ने दोहोरो भुमिका प्रहरीले खेल्नुपर्ने हुन्छ ।

त्यस्ता खालका परिस्थितिमा मानवअधिकारको रक्षा गर्दै शान्ती सुरक्षा कायम गर्न अत्यावश्यक रहेको तालिम पुन रिहर्सल गराएर ईप्रका कोहलपुर जनताको जीउ-धन तथा मानवाधिकारमा कटिबद्ध छ भन्ने सन्देश दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।